शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

द्विपक्षीय सम्झौता : बैंकिङ सूचना आदानप्रदान गर्न सहज

सोमबार, ०८ चैत २०७२, १८ : ४९
सोमबार, ०८ चैत २०७२
काठमाडौँ - नेपाल र चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल र चीनका बैंकको नियमन तथा सुपरीवेक्षण गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन (सिआरबी)का अध्यक्ष साङ फुलिङबीच द्विपक्षीय सहयोग एवम् सूचना आदानप्रदानसम्बन्धी सम्झौता भएको हो । उक्त सहमतिपछि दुवै मुलुकले एक आपसमा बैंकिङ सूचना आदानप्रदान गर्ने, आसपी सहयोग आदानप्रदान गर्ने एवम् आवश्यक परामर्शका लागि सहज वातावरण तयार पारेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले जानकारी दिए । नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटिओ)को सदस्य बनेपछि सन् २०१० पछि जुनसुकै मुलुकका बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा खोल्न पाउने भएका थिए । सूचना आदानप्रदान तथा अन्य व्यवस्था भने नेपाल र चीनको सम्बन्धमा भने नयाँ हो । प्रवक्ता पङ्गेनीले भने, “बैंकको शाखा नै खोल्ने भने विषय नयाँ होइन, हामी डब्लुटिओमा प्रवेश गरेपछि नै सो व्यवस्था भएको हो ।” पछिल्लो दिनमा नेपाल र चीनबीच व्यापार अभिवृद्धि भइरहेको सन्दर्भमा चिनियाँ पक्षले शाखा खोल्ने प्रस्ताव राख्नु जायज नै रहेको उल्लेख गर्दै प्रवक्ता पङ्गेनीले त्यस खालको व्यवस्था भारतीय बैंकका हकमा समेत लागू हुनेछ । राष्ट्र बैंकले गतसाल नै चिनियाँ पक्षसँग उक्त सम्झौता गर्ने प्रस्ताव गरेको थियो । विविध कारणवश हुन नसकेको सो सम्झौताले दुई देशबीच वित्तीय क्षेत्रमा थप सहयोग आदानप्रदान गर्न मार्ग प्रशस्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप