शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फुटबल समर्थकबीचको झडपमा तीन मारिए (भिडियो)

सोमबार, ०८ चैत २०७२, १९ : १२
सोमबार, ०८ चैत २०७२
मोरोक्को - मोरोक्रोमा फुटबलप्रेमीबीच सुरु भएको झडपमा तीन जनाको मृत्यु भएको समाचार छ । सो झडपमा परी अन्य ५० जना घाइते भएको प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ । शनिबार राति भएको यस झडपमा दुई व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ बर्षीय एक बालकको उपचारका क्रममा आइतबार विहान मृत्यु भएपछि सो सङ्ख्या तीन पुगेको हो । यस झडपमा संलग्नता रहको आरोपमा एक व्यक्तिलाई प्रहीले पक्राउ गरेको बताइएको छ । फुटबल हेरिरहेका बेलामा त्यहाँको स्थानीय फुटबल क्लबको विषयलाई लिएर झडपको स्थिति उत्पन्न भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप