हाम्रै देशमाः जहाँ पिठो पिस्न एक बास बस्नुपर्छ
जुम्ला– कर्णालीको ग्रामीण बस्तीका अधिकांश महिलाले यहाँको परम्परागत घट्टमा एक बास बसेरमात्र पिठो पिस्न पाउँछन् ।
कर्णालीमा उत्पादित रैथाने बाली जौ, गहुँ, कोदो, मकैको पिठो पिस्न एक बास बस्नै पर्ने बाध्यता विद्यमान छ, उनीहरुलाई । परम्परागत घट्टमा अन्न पिस्दा घन्टौँको समय लाग्ने र त्यसका लागि घन्टौं कुर्नैैपर्ने भएकाले एक बास बस्नुपरेको मालिकाठाँटा–२ जुम्लाकोट गाउँका तिलसरी बस्नेतले बताइन् । गाउँमा पिठो पिस्नेको सङ्ख्या बढी र घट्ट सङ्ख्या कम एवम् समय बढी लाग्ने भएकाले एक बास बसेर पिठो पिस्ने गरेको उनको भनाइ छ ।
यसरी पटक पटकको घट्टबास अधिकांश समय बस्नु पर्ने भएकाले महिला असुरक्षित हुने गरेको कुडारी–४ जुम्लाका सविना शाहीले जानकारी दिइन् । धेरै पटक महिलाको अस्मिता र गरगहना लुटिएका छन् र स्वास्थ्यमा पनि त्यस्तै खराबी आउने गरेको छ, उनले दुःख प्रकट गर्दै भनिन् । यसबाट हुने महिला हिंसाको बारेमा भने कसैले कुरा बाहिर नल्याएको स्थानीय महिला अगुवा धनसरा सार्कीले बताइन् । यो समस्या जुम्लाका मालिकाठाँटा, ताम्ती, कुडारी, घोडेमहादेव, कालिकाखेतु, महावैपातरखोला, बड्की, शनिगाउँ, नराकोट, पाण्डवगुफा, विराट, मालिकावोता, कनकासुन्दरी, बुम्रमाडीचौर, छुमचौर, पातारासी, गुठीचौर, डिल्लीचौरलगायतका गाविससहित नगरपालिकामा अहिले पनि यथावत नै छ ।
यो वास्तविक समस्या हो तथापि यसको समाधानका विषयमा सरोकारवाला नै ध्यान नदिएको गैरसरकारी संस्था महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बताउँछन् । उनका अनुसार पछिल्लो चरणमा आएको आधुनिक घट्ट निर्माण कार्यले एकाध गाविसका जनतामा सहजता मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण