शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ह्याप्पी होली ! (फोटोफिचर)

मङ्गलबार, ०९ चैत २०७२, ११ : ४४
मङ्गलबार, ०९ चैत २०७२

काठमाडौँ - रङको पर्व होली आज बिहानैदेखि काठमाडौँका स्थानीयवासीले आफ्ना नजिकका आफन्तसँग विभिन्न रङ खेलेर मनाउन थालेका छन् । यसपटक विगत वर्षको तुलनामा अनुशासित देखिएको होली आफ्ना परिचितबीचमा मात्रै खेल्ने दृश्य बढी देखिएको छ । उपत्यकाका महत्वपूर्ण चोकमा ट्राफिक प्रहरीले सवारी जाँच कडा पारेको छ भने हुनसक्ने अवाञ्छित गतिविधिलाई निगरानी गरेको देखिन्छ । यस वर्ष होलीको उत्साह विगत वर्षको तुलनामा केही कमी आएको देखिएको छ । युवापुस्ताले केही रमाइलो गरेको देखिए तापनि आमजनतामा रौनकता छैन । उपत्यकामा सवारीसाधनको उपस्थिति पातलो छ । उता भृकुटीमण्डमा विभिन्न सङ्घसंस्थाको आयोजनामा होलीको विशेष कार्यक्रम गरेर मनाउन लागिको छ । अन्य स्थानमा सामाजिक सङ्घ संस्था तथा समूहगतरुपमा होली मनाउने क्रम सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप