वैशाखदेखि ‘कठोर’ आन्दोलन गर्छौंः राजेन्द्र महतो
राजविराज– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चैतभित्र मधेशी जनताको माग पुरा नभए वैशाखदेखि ‘कठोर’ आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जनजागरण कार्यक्रम अन्तर्गत सोमवार राजविराजमा आयोजित आमसभालाई सम्वोधन गर्न सप्तरी आएका महतोले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएका हुन् ।
तीन दलद्वारा जारी गरिएको नेपालको संविधान मधेशी जनताको हित विपरित रहेको भन्दै उनले संविधान संसोधन वा पुर्नलेखन गरी त्यसको भरपाई गर्न आन्दोलन अपरिहार्य रहेको वताए ।
‘चैतभित्र मधेशी जनताको माग सम्वोधन गर्न सरकार तयार नभए वैशाखदेखि आन्दोलनको स्वरुप परिवर्तन हुन्छ’ महतोले भने–‘सरकारलाई चौतर्फी घेरावन्दी गरेर माग सम्वोधन गर्न वाध्य पारिन्छ ।’ महतोले अव हुने निर्णायक आन्दोलनमा सद्भावना पार्टीले निर्णायक भुमिका निर्वाह गर्ने वताउँदै त्यसका शुभ संकेत समेत देखिन थालेको दावी गरे । सप्तरीवाट सोमवार मात्र पुर्वमन्त्री लगायत करिव ५ हजारको संख्यामा विभिन्न पार्टी परित्याग गरी सदभावनामा प्रवेश गरेको प्रशंग जोड्दै उनले भने–‘यो लहर मेचिदेखि महाकालिसम्म चलिरहेको छ, अव सदभावना पार्टी मधेशको सवैभन्दा ठुलो पार्टी वन्छ ।’ उनले मधेशी मोर्चाभित्र पनि सदभाानाले मेन रोल (महत्वपूर्ण भुमिका) निर्वाह गरिरहेको वताउँदै आन्दोलनमा निर्वाह गरेको भुमिकाकै कारण सदभावनाप्रति जनताको विश्वास वढ्दै गएको दावी समेत गरे । सदभावना पार्टीका जिल्ला अध्यक्ष शुनिलकुमार झाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका नवप्रवेशी सदस्य तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव, उपाध्यक्ष नवलकिशोर साह, केन्द्रिय सदस्यहरु हरेकृष्णप्रसाद सिंह, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, राजेन्द्रप्रसाद यादव, दिनेश यादव, विद्यार्थी मञ्चका र अध्यक्ष किशोरकुमार यादव लगायतका नेता÷कार्यकताहरुको सहभागीता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण