शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रसुवामा आकाशवाणी सेवा

मङ्गलबार, ०९ चैत २०७२, १२ : ४८
मङ्गलबार, ०९ चैत २०७२
रसुवा–यहाँ आपत्कालीन सेवाका लागि आकाशवाणी सेवा सञ्चालन भएको छ । प्रजिअ कृष्णप्रसाद अधिकारीका अनुसार मोबाइल र टेलिफोनको प्रणाली असफल भई बन्द भएको अवस्थामा जिल्लामा पर्न सक्ने समस्या समाधान गर्न तत्काल केन्द्रीयस्तरमा सम्पर्क गर्न गृह मन्त्रालयमार्फत आकाशवाणी सेवा सञ्चालनमा ल्याइएको हो । स्काइवेव हाइ फ्रिक्वेन्सीको सो आकाशवाणी २४सै घन्टा सञ्चालन हुनेछ । सेवा सञ्चालनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई दुई प्राविधिक खटाइसकिएको बताइएको छ । सो सेवाले आपत्कालीन अवस्थामा ग्रामीण समाजबाट सूचना लिन तथा बिरामी पर्दा हेलिकप्टर र एम्बुलेन्स मगाउन समेत सहज हुने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप