चीन र भारत नेपालमा स्थायित्व चाहन्छ : चिनियाँ राष्ट्रपति
मङ्गलबार, ०९ चैत २०७२, १२ : ४९
काठमाडौं – चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालको स्थायित्व र विकास ‘दुवै ठूला छिमेकी’ को समान चाँसोको विषय भएको बताएका छन् । चिनियाँ राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले राष्ट्रपतिको भनाईलाई उद्धृत गर्दै सो कुरा लेखेको छ ।
चीनको साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपतिले भने, ‘नेपाल चीन र भारतबीचको पुल बन्न सक्छ । आपूर्तिमा भारतमाथिको निर्भरता तोड्दै गरिएको ऐतिहासिक पारवहन सम्झौतापछि दुवैको भेट भएको थियो ।
भारत भ्रमणको एक महिनापछि चीन पुगेका प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रपति सिसहित समकक्षी लि खस्याङसँग द्विपक्षीय वार्ता गरेका थिए ।
सिन्हवाका अनुसार सिले नेपाल र चीन दुवैले परम्परागत मित्रतालाई यथावत राख्दै व्यवाहारिक सहकार्यलाई विस्तार गर्दै दुई देशलाई ‘समान भविष्य भएको समुदाय’ बनाउन जोड दिएका थिए । सिले पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताएका थिए ।
‘समृद्धिमा अघि बढेको चीन र नेपालको सुधार र विकासको ऐतिहासिक मिसन अगाडि रहेको छ,’ सिले भेन ।
राष्ट्रपति सिले नेपाल–चीनबीच स्वतन्त्र व्यापार क्षेत्र चाँडो स्थापना गर्न, उर्जा क्षेत्र र भूकम्प पछाडिको पुनर्निर्माण र औधोगिक क्षमता अभिवृद्धिमा पनि विशेष जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण