शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रंगिएर लाइसेन्स नबोक्ने १ सय ७२ सवारी प्रहरी नियन्त्रणमा

मङ्गलबार, ०९ चैत २०७२, १३ : ०३
मङ्गलबार, ०९ चैत २०७२

काठमाडौं–रङहरुको पर्व होलीलाई मर्यादित बनाउन एकीकृत सुरक्षा योजना लागु गरेको महानगरीय प्रहरीले मंगलबार उपत्यकाका ५५ स्थानमा चेकिङ गरिरहेको छ । महानगरीय प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा गरेको चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने २ सय ८६ सवारी साधनलाई नियन्त्रणमा लिईएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी चालक अनुमती पत्र नबोकिकन सवारी चलाउने १ सय ७२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोटरसाईकलमा ३ जना चढ्ने ४७ र मापसे गरेर सवारी चलाउने ५, लापरवाहीपुर्वक सवारी चलाउने १० जना र हेल्मेट नलगाउने ११ चालकको सवारी नियन्त्रणमा लिईएको ट्राफिक प्रहरीले जनाएको छ । ति सवारी साधनहरु काठमाडौंको जनसेवा, कमलपोखरी, बुढानिलकण्ठ, कलंकी र भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिईएको हो । त्यसैगरी लापुपदार्थ सेवन गर्ने, जबर्जस्ती लोला हान्ने र फोहोर पानी छ्याप्ने ४ जनालाई बानेश्वर र धुम्वाराही क्षेत्रकाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाईने प्रहरीले जनाएको छ । यस्तै होली पर्वमा अवान्छीत एवं उच्छृंखल गतिविधि गर्ने १३ जना पुरूष र महिला १२ जना गरी २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप