शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ह्यारीले खेले होली

मङ्गलबार, ०९ चैत २०७२, १३ : ५४
मङ्गलबार, ०९ चैत २०७२

लमजुङ – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ सद्भाव, मेलमिलाप र खुसीको पर्व फागूपूर्णिमाका अवसरमा आज अबिर रङ खेलेर यो पर्वको मज्जा लिएका छन् ।

पश्चिम पहाडको लमजुङ गौँडा गाविस समितिस्थित गौंडा माविको परिसरमा स्थानीयवासीसँग रङ खेलेर राजकुमार ह्यारीले हर्षोल्लासका साथ फागूपूर्णिमा मनाएका हुन् । ह्यारीलाई स्थानीय पञ्चकञ्या राजकुमारी थापा, भवी गुरुङ, अञ्जु गुरुङ, सुजाता गुरुङ र महिमा गुरुङले रातो अबिर लगादिएपछि होली खेल्ने कार्यक्रम सुरु भएको थियो ।

पाँचदिने नेपाल भ्रमणका क्रममा राजधानी, बर्दिया हुँदै घना गुरुङ बस्तीको सो गाउँमा सोमबार पुग्नुभएका ह्यारीले नेपाली लोकसंस्कृति र परम्परानुसार नै खुसियाली साटासाट गर्दै नेपालीको मन जित्न सफल भउका थिए ।

बर्दियामा जलयात्रा, घरबास र वन्यजन्तु अवलोकनपछि हेलिकप्टरमा लमजुङ पुग्नुभएका ह्यारी एक घन्टाको पैदलयात्रा गरी सोमबार साँझ नेपाली खानपिन र गुरुङ जातिको सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए ।

नेपाली गोर्खा सैनिकसँग रहेर अफगानिस्तानमा काम गर्नुभएका ह्यारी उनीहरुको वीरता, साहस र बहादुरी देखेर विशेष आकर्षित छन् । वन्यजन्तु, पर्यावरण र परोपकारप्रति विशेष रुचि राख्ने ह्यारी हिमाल, प्राकृतिक दृश्यावलोकन र पदयात्राका समेत सौखिन छन् ।

ह्यारी आजै बिहान सुन्दर पर्यटकीय नगरी पोखरा प्रस्थान गरेका छन् । त्यहाँ उनले गोर्खा ब्रिटिस क्याम्पको भ्रमण गर्ने कार्यक्रम छ । 

नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल झरेका ह्यारीलाई कास्कीका प्रजिअ हरिप्रसाद मैनाली लगायत उच्चपदस्थ अधिकारीले स्वागत गरे । कडा सुरक्षा व्यवस्थाका साथ विमानस्थलबाट सडक मार्ग हुँदै उनी लामाचौरस्थित ब्रिटिस क्याम्प पुगे । ब्रिटिस क्याम्पको समारोहमा सहभागी भई ह्यारी आजै काठमाडौंँ फर्कने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप