शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बजेटमा तीन दलको हानथाप : पूर्व मुख्य सचिवले गरे यस्तो खुलासा

मङ्गलबार, ०९ चैत २०७२, १३ : ५९
मङ्गलबार, ०९ चैत २०७२

गुल्मी –गुल्मीका सडकहरुको स्तरोन्नतीका लागि करोडौं रकम परेको छ र सो क्रम बढ्दोपनि छ । तर, सो रकम यहाँका कुन दलका नेताहरुको पहलमा बजेट पर्यो भन्ने विषयमा मुख्य तीन दलका नेताहरु आ–आफ्नै दाबी रहन्छ ।

केन्द्रमा रकम पार्नका लागि पहल गर्न जिल्लाबाट सवै दलका नेता जान्छन् । जव रकम पर्छ आफ्नै दलको पहलमा बजेट पर्यो भनेर कार्यकर्ता मार्फत प्रचार गर्न लगाउँछन्, सबैदलहरु । कतिपय सडकको उपनाम समेत नेताको नाम संग जोड्ने गरिन्छ । पछिल्लो चरण सडक विस्तारका लागि परेको रकमका विषयमा पनि यस्तै चर्चा छ ।

खज्र्याङ्ग चारपाला देखि शान्तिपुर सम्म सडक विस्तारमा १३ करोड भन्दा बढि रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीको पहलमा परेको भन्ने सो पार्टीका नेताहरुको दाबी छ भने एमाले र एमाओवादीका नेताहरुले त्यसलाई अनाधिकृत प्रचारवाजी मात्रै भएको टिप्पणी गरेका छन् । नेकपा एमालेका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नम्वर २ का पुर्व सांसद प्रदीपकुमार ज्ञवालीले कांग्रेस नेताहरुको दाबीलाई हावादारी गफको संज्ञा दिए । उनले भने –‘ तुराङ्ग हुँदै वल्लो पाखो हुग्दीखोलाको किनारै किनार शान्तिपुर लैजाने बाटो मेरै पालामा खन्न सुरु गरिएको हो । तर अहिले मलाई थाहै नदिई चन्द्र जी ( चन्द्र भण्डारी ) ले अर्कैबाटो खज्र्याङ्गमा लगेर जोड्नु भएछ, त्यस प्रति मैलै मन्त्रालयमा विरोध पनि जनाई सकेको छु । ’

सांसद चन्द्र भण्डारीका स्वकिय सचिव माधव न्यौपानेले भौतिक पुर्वधार तथा यातयात मन्त्रालयबाट सांसद भण्डारीको पहलमा रुद्रवेणी वामीटक्सार सडकमा ४८ करोड रकम स्वीकृती भएको भन्दै पत्र पठाएका छन् नि ? भन्ने प्रश्नमा एमाले नेता ज्ञवाली मंगलबार फेरि भने –‘त्यो हावादारी गफ हो, त्यो भर्खर प्रकृयामा छ अर्थमन्त्री ज्यु आएपछि स्वीकृतीका लागि पेश हुने छ ।’

नेता ज्ञवालीले रुद्रवेणी देखि आँपचौर सम्मको सडक स्तरउन्नतीका लागि अहिले १ करोड ५० लाख रकम परेको जानकारी दिए । ‘वामीटक्सर सम्मका लागि झण्डै एक अर्व रकम आवश्यक पर्छ त्यो वहुवर्षिय योजनामै छ ’–उनले भने–‘ हामी प्रचार गर्दैनौं काम गछौं अब गुल्मीमा थप विकास कार्य अगाडी बढ्दैछ ।’ एमाले नेता ज्ञवालीले कांग्रेस नेता भण्डारीलाई लक्षित गर्दै भने –‘उनको मात्रै पहलमा आयो भनिएको विकास वजेट बेकारको हल्ला हो, उनि एक्लैले कौडी केहि गर्न सक्दैनन्् । ’ शालझण्डी तम्घास फास्ट्रयाकलाई आफ्नो चुनावी मुद्धा बनाएका कांग्रेस नेता भण्डारीले अहिले उक्त सडक, क्षेत्र नम्वर २ र १ का अन्य केहि सडकहरुमा परेका रकमहरु आफ्नो पहलमा भएको दावि गर्दै आएका छन् । नेता भण्डारीले एमाले नेता ज्ञवालीलाई लक्षित गर्दै भने –‘उहाँहरुले २० ÷ २१वर्ष सम्म क्षेत्र नम्वर २ मा राजनीति गरेर केहि गर्नु भएन अहिले जव धमाधम क्षेत्र नम्वर २ मा ठुला ठुला विकास वजेटहरु परे पछि ईश्र्या गर्नु थाल्नु भएको छ, अरु केहि होईन् । ’

उनी आफुले सभासद भएको छोटो अवधीमा धेरै विकास बजेट ल्याएको तर एमाले नेता ज्ञवालीले नगरेको भन्दै आलोचना गरे पनि एमाले कै अर्का नेता गोकर्णराज विष्टले भने क्षेत्र नम्वर ३ मा निकै विकास गरेको भन्दै प्र्रशंसा गरे । भने –‘ गोकर्णजी तम्घास सिमलटारी सडक लगायतको थुप्रै विकास कार्यमा लाग्नुु भएको छ उहाँको प्रशंसा गर्नु पर्छ । ’ यता एकिकृत नेकपा माओवादी गुल्मीका जिल्ला अध्यक्ष तथा पुर्व सभासद सुदर्शन वरालले रिडी रुद्रवेणी देखि कालिगण्डकी कोरिडोर र यता वामीटक्सार सडकको स्तरउन्नतीका लागि आफ्नै पालामा योजना पारिएको र त्यसको अहिले निरन्तरता मात्रै भएको बताए । उनले भने –‘२०६८ सालमा आफ्नो पार्टी एमाओवादी सरकारमा छँदा कालिगण्डकी कोरिडोर निर्माण नेपाली सेनालाई जिम्मा दिने र रुद्रवेणी देखि वामीटक्सार सम्मको सडक वहुवर्षिय योजनामा पार्ने निर्णय गरेको हौं ।’ उनले थपे–‘कालिगण्डकी कोरिडोर निर्माणलाई अगाडी बढाउन बढि पहल गर्ने तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल हो । हामी सरकारमा छँदा राष्ट्रिय योजना आयोगको उपाधयक्ष दिपेन्द्रबहादुर क्षेत्री हुनुहुन्थ्यो भने मुख्य सचिव लिलामणी पौड्याल । कालिगण्डकी कोरिडोरमा मैले नै उहाँहरुलाई ल्याएर स्थलगत अध्यान गराएको हुँ , उहाँहरुलाई सोधे स्पष्ट हुन्छ कसको पहलमा कालिगण्डकी कोरिडोर खन्न सुरु गरिएको हो भन्ने कुरा । सरकारी निकायका कागज पत्र चोरेर वा फोटो खिचेर फालानो सडकमा मैले र मेरो दलको पहलमा यति रकम प¥यो भन्दै फेसवुकमा शेयर गर्नु त्यो अनाधिकृत प्रचार गर्नु एकदमै गलत हो भन्दै वरालले यस्तो कार्यमा बढि मात्रमा कांग्रेस र एमालेका केहि नेताहरु लागेको आरोप लगाए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले भने –‘धेरै वर्ष अघिको जिल्ला परिषदको निर्णय पल्टाएर हेर्नुस् शालिझण्डी तम्घास सडक निर्माण गर्ने निर्णय हामीले पहिल्लै गरी सकेका छौं तर त्यो सडक मैरै पहलमा ल्याएको हुँ भन्नु चन्द्र भण्डारी जस्ता एउटा विध्वान नेतालाई कति सुहाउने हो, थाह भएन् ।’ उनले शालिझण्डी तम्घासको अवधारण २०१२ ÷ ०१३ सालबाटै सुरु भएको बताए । सुरुमा यो अवधारण अर्घाखाँचीका काशीनाथ गौतम, डाक्टर डिल्लीरा गौतम लगायतले आगाडी सारेको उनले खुलासा गरे । नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले भने –‘विकास निर्माण भन्ने कुरा निरन्तर अगाडी बढ्ने प्रकृया हो । पहिला पहिलाका नेताहरुले पनि विकास केहि गरेनन भन्न मिल्दैन तर जति जनताले अपेक्षा गरेका थिए त्यति पुरा हुन नसके पछि २ नम्वर क्षेत्रमा नेपाली कांग्रेसले नयाँ जनमत पाएको कुरामा कुनै दुईमत छैन् ।’

उनले थपे–‘ सोही अनुरुप चन्द्र भण्डारी सभासद भए पछि नेपाली का्रग्रेसको नेतृत्वमा शालिझण्डी तम्घास सडक लगायत ठुलठुला विकास वजेट पारिएकै हो । चाहे त्यो खज्र्याङ्ग गौडाकोट जुभुङ्ग मजुवा हुँर्दै क्षेत्र नम्वर १ जोड्ने बाटो होस् , चाहे तम्घास सिमिलटारी र बढिघाट खोलाको सडक र त्यहाँका ठुला ठुला पुलमा रकम पार्ने र दौघाको खानेपानी योजनालाई अगाडी बढाउन माननिय चन्द्र भण्डारी र नेपाली काग्रेसको पहल पक्कै हो । ’ तर, पौड्यालको खुलासा यस्तो छ नेपाल सरकारका मुख्य सचिव हुनु अघिदेखि नै गुल्मी जिल्लाको हरेक विकास निमार्ण र अन्य सामाजिक कार्यमा योगदान पुर्याउँदै आएका स्थानीयबासीसमेत रहेका तत्कालिन मुख्य सचिव लिालमणी पौड्यालले भने विकास निर्माणमा कुनै एउटा व्यक्तीले श्रेय लिन खोज्नु गलत भएको बताए । ‘शालझण्डी तम्घास फास्ट्रयाक सडकका लागि साँच्ची भन्ने हो भने सवै भन्दा बढि पहल मैले नै गरेको हुँ ,–उनले भने –‘आज भन्दा दुई वर्ष अघिको बैशाखमा मैले नै त्यस सडकको स्थलगत अध्यान गरेको हुँ । त्यस पछि मैले नै अध्ययन कार्यदल बनाएँ । त्यस पछि तत्कालिन मन्त्री एवं एमाओवादी नेता टोपबहादुर रायमाझी र म गएर शालझण्डी तम्घास सडक र ढोरपाटन सम्म जाने सडकको उद्घाटन गरेर काम अगाडी बढाएका हौं ।’ उनले थपे–‘ पछि नेपाली कांग्रेस सरकारमा छँदा केहि रकम पार्नमा चन्द्र भण्डारीले पहल गर्नु स्वभाविक हो तर मैले नै त्यस सडकको अवधारण ल्याएको हुँ भन्नु गलत हो ।’ त्यस सडकमा एमाले नेता ज्ञवालीको भुमिका कत्ति पनि नभएको तर रिडी देखि वामीटक्सारच लगायतका सडकहरुको स्तरउन्नतीमा एमाले नेता ज्ञवालीको अलि बढि भुमिका रहेको पौड्यालको ठहर छ । उनले भने–‘ उहाँ धेरै पटक मरो कार्यकक्षमा समेत आई रहनुहुन्थ्यो । त्यस भेगका सडक निर्माणमा उहाँ सधै लाग्नु भएको कुरा ढाँट्नु हुँदैन् । ’

उनले कालिगण्डकी कोरिडोर योजना पार्नमा सवै भन्दा बढि पहल एमाओवादी नेता एवं गुल्मी क्षेत्र नम्वर १ का पुर्वं सभासद सुदर्शन वरालले गरेको खुलासा गरे । ‘त्यस सडक खोल्नमा सुर्दशन जीले निकै मेहनत गर्नु भएको हो । त्यस अघि कालिगण्डकी कोरिडोर स्याङ्गजा पर्वत हुँदै लैजान लागिएको थियो । तर हामीले गुल्मी तिरबाटै लैजाने निर्णय ग¥यौ’– उनले भने –‘त्यसमा चन्द्रजी र प्रदिपजीको पनि खासै भुमिका छैन्, जति सुदर्शनजीको छ । ’

तर पनि कुनै पनि विकास निर्माणमा कुनै पनि दलका नेताले आफु एक्लैले गरेको हुँ भनेर श्रेय लिन नहुने उनको सुझाव छ । उनले थपे –‘कसैको खल्तीको रकम होईन राज्यको ढुकुटीबाट पारिने रकम एउटैको प्रयासले हुँदैन सवैको प्रयत्नबाट मात्रै हुन्छ । ’ उनले आफु मुख्यसचिव हुँदा जिल्लाका तिन वटै क्षेत्रमा सडक स्तरउन्नतीका लागि प्रयास थालेको बताए । त्यसमा जिल्लाका सवै दलका नेता, सभासदहरुको हात रहेको भन्दै यसरी नै साझा विकास भावनाले अगाडी बढ्नु पर्ने सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप