शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

किसानलाई उन्नत जातको बोका वितरण

मङ्गलबार, ०९ चैत २०७२, १४ : ०५
मङ्गलबार, ०९ चैत २०७२
जाजरकोट –यहाँको जिल्ला पशु सेवा कार्यालयले किसानहरुको लागी उन्नत जातको बोका वितरण गरेको छ । जिल्लाका ९ वटा समुहमा ९ वटा उन्नत जातको वोका वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयले वताएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तरर्गतका कृषक समुहलाई यी उन्नत जातका वोका वितरण गरिएको पशु विकास अधिकृत कपिलप्रसाद उपाध्यायले जानकारी दिए । प्रत्येक समुहमा २५ जना स्थानिय रहने गर्दछन् । २५ जनाको समुहमा एक वटा उन्नत जातको वोकाहरु कार्यालयले वितरण गरेको उनको भनाई छ । वोयर जात क्रस जातको वोका जाजरकोटमा पहिलो पटक वितरण गरिएको हो । जिल्लाका वाख्रा पालक किसानहरुले उन्नत जातको वोकावाट प्रजनन क्रिया नगराएका कारण वाख्रा पालन व्यवसाय फस्टाउन नसकेको गुनासो आईरहेको वेला कार्यालयले उन्नत जातको वोकाहरु जिल्लामा वितरण गरेपछि किसानहरु खुसी भएका छन् । यहाँका किसानहरुले पालन गरेको वाख्राहरु अधिकांश हाड्नाता करणीवाट जन्मिएका कारण वृद्धी विकासमा समस्या रहदै आएको थियो । हाड्नाता करणीवाट जन्मिएका पाठा पाठीहरु वृद्धी ढिला हुने र जन्मन वित्तिकै मर्ने, गर्भमै मर्ने समस्या रहदै आएको थियो । समुह भन्दा वाहिरका किसानहरुले पनि फाईदा लिन सक्ने जिल्ला पशु सेवा कार्यालयले वताएको छ । किसानहरुलाई वितरण गरिएका वोकाहरु अष्ट्रलियवाट ल्याईएको सुद्धजातको वोयर वोकामा क्रस गरेर जन्मिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप