शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

युनाइटेड किरात राई अर्गनाइजेसन न्युयोर्क च्याप्टरमा केशवराम

मङ्गलबार, ०९ चैत २०७२, १४ : ०९
मङ्गलबार, ०९ चैत २०७२
अमेरिका – युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, न्युयोर्क च्याप्टरको सातौं साधारणसभाले केशवराम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा बल राई, उपाध्यक्षमा सपना राई, महासचिवमा दुर्गा राई, सचिवमा विवेक राई, कोषाध्यक्षमा मदन राई, सहकोषाध्यक्षमा रुद्र राई निर्वाचित भएका छन् । यसैगरी, सदस्यमा सुख राई ९प्राविधिक० विपिन राई, मन्जु राई र विकास राई ९सांस्कृतिक विभाग०, सौरभ राई ९युवा संयोजक० रहेका छन् भने त्यस्तै सजिना राई, अन्जु राई, इन्दिरा राई, निता राई र नरकुमार राई रहेका छन् । नवीन राई, मदन राई र सुख राई केन्द्रीय प्रतिनिधिमा चयन भएका छन् । डा। चक्र राईद्वारा उद्घाटित साधारणसभामा अर्गनाइजेसन अध्यक्ष प्रभाकर राईले साधारणसभाको औचित्यबारे प्रकाश पारेका थिए । निर्वतमान कोषाध्यक्ष विवेक राईले संस्थाको आर्थिक प्रतिवेदन तथा गतिविधि र निर्वतमान सभापति नवीनकला राईले संस्थाको कार्यप्रगति र भावी योजनाबारे प्रकाश पारेकी थिइन् । नवनिर्वाचित अध्यक्ष केशवराम राईले किरात राईको मौलिक संस्कृति संरक्षण र सम्बर्द्धन गर्दै संस्थालाई अझ बृहत् बनाएर अमेरिकामा रहेका नेपाली संघ–संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप