शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

युवराज लामा नेतृत्वको खेलकुद महासंघले प्रत्येक विद्यालयमा खेल शिक्षक राख्न दवाव दिने

मङ्गलबार, ०९ चैत २०७२, १४ : १४
मङ्गलबार, ०९ चैत २०७२

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य–सचिव युवराज लामा नेतृत्वको अखिल नेपाल खेलकुद महासंघले हरके विद्यालयमा खेलकुद शिक्षकको दरबन्दी ब्यवस्था गर्न शिक्षा मन्त्रालयलाई दवाव दिने भएको छ । महासंघको पहिलो पदाधिकारी बैठकले त्यसका लागी शिक्षा मन्त्रीलाई दवाव मुलक ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

त्यस्तै हरेक स्कुलमा प्रत्येक शुक्रबार खेलकुद गतिविधि अनिवार्य गर्दै विद्यार्थीको रुची अनुसार सहभागी गराउने वातावरण बनाउने महासंघले जनाएको छ । खेलकुद क्षेत्रमा बिकृती मौलाएको, भ्रष्ट, दलाल र कमिसनखोरहरुले खेलकुदलाई तहसनहस पार्न थालेको ठहर गर्दै महासंघले बिक्रितिको भण्डाफोर लाई अभियानको रुपमा चलाउने निर्णय गरेको छ । महासंघले गरेको अन्य निर्णयहरु यस्ता छन्ः विद्यालय सम्बन्धी १. विद्यालय खेलकुदको जग भएको हुनाले खेलकुदका गतिविधिहरुलाई अनिवार्यरुपमा विद्यालयमा केन्द्रीत गर्नुपर्ने । पहिलो चरणमा यी कार्यक्रम मार्फत विद्यालय खेलकुदका गतिविधिलाई तिब्र बनाउने । हरेक निजी स्कुलमा समेत खेलकुद शिक्षक अनिवार्य गर्न हिसान, प्याब्सन र एनप्याब्सन नेतृत्वसँग सहकार्यगरि कार्यान्वयन गराउने । २. हरेक स्कुलले अनिबार्य बार्षिक खेलकुद प्रतियोगिता सहित खेल दिवस मनाउन दवाव पत्र बुझाउने । ३. हिसान, प्याब्सन र एनप्याब्सनलाई खेलकुद शुल्क लिए अनुसार खेलकुद कार्यक्रम सन्चालन गर्न अभियान चलाउने । प्रतियोगिताका सम्बन्धमा १. ‘नयाँ नेपाल संघीय संविधान, संविधान कार्यान्वयन खेलकुद अभियान’ भन्ने नाराका साथ राष्ट्रिय खेलकुद जागरण अभियान केन्द्रमा र जिल्लामा सञ्चालन गर्ने । (केन्द्रले बर्षमा ३ खेलको राष्ट्रिय प्रतियोगिता गरेर अभियान संचालन गर्ने ।) २. हरेक प्रदेश र जिल्लाले वर्षमा कम्तिमा १ खेलको प्रतियोगिता संचालन गर्ने । प्रदेश र जिल्लाका सम्बन्धमा १. प्रदेश र जिल्ला महासंघ गठन ३ महिना भित्र गरिसक्ने । २. महासंघले प्रदेश संयोजकहरु चयन गरेको छ । प्रदेश नं १मा किरण राई, २ मा राजकुमार मण्डल, ३ नं उत्तम गुरुङ, ४ नं जिवन खाती, ५ नं रेशम रसाइली, ६ नं सुरज डिसी, ७ नं प्रदेश संयोजकमा तिलक चौधरी तोकिएका छन् । त्यसैगरी महासंघले केन्द्रीय कार्यालय सञ्चालन समूह गठन गरेको छ । सञ्चालन समूहमा अध्यक्ष–युवराज लामा, बरिष्ठ उपाध्यक्ष–अर्जुनबहादुर केसी, महासचिव, उपमहासचिव–गजेन्द्र खपाङ्गी (इश्वर) कोषध्यक्ष–हरिशरण केसी, सचिव–किरण गिरी, सचिव–संजिव पाण्डे, सदस्यहरु–प्रनिल अधिकारी र राजिव महर्जन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप