बेल्जियम विमानस्थलमा विस्फोट : कम्तिमा ११ जनाको निधन
मङ्गलबार, ०९ चैत २०७२, १४ : २६
ब्रसेल्स – बेल्जियमको ब्रसेल्समा रहेको जाभेन्टेम विमानस्थलमा भएको दुई विस्फोटमा कम्तिमा ११ जनाको निधन भएको छ भने दर्जनौं घाइते भएका छन् । अमेरिकन एयरलाइन्सको चेक इन डेस्क नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उक्त घटना स्थानीय समय अनुसार बिहान ८ बजेतिर भएको थियो ।
बिस्फोटअघि अरबी भाषामा चिच्याइएको रिपोर्ट बाहिर आए पनि त्यसको पुष्टि हुन सकेको छैन । चार दिनअघि मात्र ब्रसेल्सबाट पेरिस हमलाका मुख्य आरोपी सलाह अबदेस्लाम पक्राउ परेका थिए । एक दिनअघि मात्र बेल्जिमका गृहमन्त्रीले पेरिस हमलावरविरुद्ध बदला लिएर छाड्ने प्रतिबद्धता जनाएका थिए ।
घटनापछि बेल्जियमले सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीहरुले विमानस्थलको जाँच गरिरहेको र त्यहाँ अन्य बम पनि फेला परेको बिबिसीले जनाएको छ । बेल्गा समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले विस्फोटअघि गोली चलेको आवाज पनि सुनिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण