होलीको दिन गाँजा तान्ने र जबर्जस्ती लोला हान्ने ९० जना प्रहरी खोरमा
काठमाडौं–होलीको बहानामा लागूपदार्थ सेवन गर्ने, जबर्जस्ती रङ लगाइदिने र लोला हान्ने ९० जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुमाथी आवश्यक अनुसन्धान भईरहेको छ । ५ सय ४१ सवारी ट्राफिकको नियन्त्रणमा राजधानीका विभीन्न स्थानबाट ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै ५ सय ४१ सवारी साधन नियन्त्रणमा लिएको छ । होलिलाई मर्यादित बनाउन उपत्यकाको ५५ स्थानमा महानरिय प्रहरी र ट्राफिक प्रहरीले गरेको संयुक्त चेकीङका क्रममा सवारी चालक अनुमति पत्र साथमा नभएका १ सय ७२ जना,दुई पाङग्रे सवारी साधनमा ३ जना राख्ने ४७ जना, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने ५ जना, लापरवाहीका साथ सवार साधन चलाउने १० जना, हेल्मेट नलगाउने ११ जना लगायतका कसुर गर्ने चालकका सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण