शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उद्योग वाणिज्य संघमा अनियमिताको आरोप, प्रजिअलाई ज्ञापन पत्र

मङ्गलबार, ०९ चैत २०७२, १६ : ०३
मङ्गलबार, ०९ चैत २०७२
उदयपुर–उदयपुरका व्यवसायीहरुले त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन । आर्थिक अनियमिता गरेको र नियमित लेखा परिक्षण नगरेको आरोप लगाउदै मंगलबार दुई सय १७ जना व्यवसायीहरुको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । टोलीले प्रजिअ समक्ष पुस मसान्त भित्र अधिवेशन गरिसक्नु पर्नेमा संघ भित्र भएको भ्रष्टचारलाई पदाधिकारीले ढाकछोप गर्न अधिवेशन नगरेको आरोप लगाएकाछन् । युवा व्यवसायीहरुले बार्षिकरुपमा हुनु पर्ने साधारणसभा तीन बर्षे कार्यकाल वितिसक्दासमेत नगरिएको, आर्थिक अनियमिततालाई छल्न समिति निस्कृय रहि बैठकसमेत नबस्ने गरेको, विगत २ बर्षदेखि लेखापरीक्षण नगरिएको, संस्था नविकरण नगरिएको, जिम्वेवार अध्यक्ष र अन्य पदाधिकारीबाट व्यापकरुपमा आर्थिक अनियमितता गरेको ज्ञापन पत्रमा उल्लेख गरेकाछन् । २०७२ असोज १८ गते कार्यकारिणी समितिको पदावधि सकिएको अबश्थामा का कार्यसमितिको बैद्यानिकतामाथि व्यवसायीले नै प्रश्नचिन्ह खडा गरेकाछन् । असोज १८ गते पदावधि सकिनुअघि बैठक बसी म्याद थप गर्नु पर्नेमा अवैधानिक भईसकेको समितिले असोज २२ गते बैठक गरी पौस मसान्तसम्ममा गर्ने निर्णय गरेको त्योपनि कार्यान्वयन नभएको व्यवसायीको आरोप छ । ध्यानाकर्षण पत्रमा संस्था तत्काल जे जस्तो अबश्थामा छ, सोही अबश्थामा नै रहने गरी शिलवन्दी गर्नु पर्ने, आयव्ययलाई पारदर्शिता बनाउन आन्तरिक लेखापरीक्षण, मलेप लगायतका कार्य गर्नु पर्ने, संघको नाममा रहेको बैंक खाता रोक्का गरिनु पर्ने उनीहरुको माग छ । त्यसैगरी बार्षिक साधारणसभा अधिवेशन लगायतका कार्य गर्न निस्पक्ष एवं तथस्ट एक तदर्थ समिति गठन गर्नु पर्ने, संस्था नविकरण गरी बैद्यानिकता दिनु पर्ने, यथाशिघ्र निर्वाचन गरी नेतृत्व अध्यावधिक गरिनु पर्ने, अनियमिततालाई छानविन गरी दोषि उपर कारवाही गरिनु पर्ने माग अघिसारेका छन् । बैद्यानिकता र आर्थिक अनियमितताको बिषयमा छानविन गरी अगाडी बढ्ने प्रजिअ कृष्णचन्द्र घिमिरेले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो पटक २०६९ असोज १९ गते निर्वाचनबाट गजेन्द्रकुमार भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । ज्ञापनपत्रमा आफ्ना जायज मागको सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जानेसमेत चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप