शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुरेश श्रेष्ठ मेमोरीयल टि –२० क्रिकेट : लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई उपाधि

मङ्गलबार, ०९ चैत २०७२, १६ : ०८
मङ्गलबार, ०९ चैत २०७२

भैरहवा- लुम्बिनी खुकुरी क्रिकेट क्लब (बेलहिया) भैरहवाले सुरेश श्रेष्ठ मेमोरीयल रुपन्देही डिस्ट्रीक्ट लेभल टि –२० नकआउट क्रिकेट टुर्नामेन्ट को उपाधी जितेको छ । मंगलबार सिद्धार्थ रंगशाला सम्पन्न फाईनलमा शिबशक्ती क्रिकेट क्लब (बसडिलवा) भैरहवालाई ६४ रन अन्तरले पराजित गर्दै उपाधी सहीत ३० हजार रुपैया राशीको पुरस्कार जितेको छ । उप बिजेता शिबशक्ती क्रिकेट क्लबले १५ हजार रुपैया राशीको पुरस्कार प्राप्त गरयो । टस हारेर ब्याटींग गर्न ओर्लिएको लुम्बिनी खुकुरीको टिमले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै कृतेन गुरुंगको ३५ र शबिन शाक्यको २६ ,शंकर रानाको १७ ,ईकलाख अहमदको १६ ,बिशाल सुनारको १६ रनको मद्धतले १सय२६ रनको योगफल बनाएको थियो । शिबशक्तीका कृष्ण कार्कि र सुमन अधिकारीले २।२ विकेट लिए भने बिष्णु कटरीया र रमेश पाण्डेले एक एक विकेट लिए । प्रतिउत्तरमा १सय२७ रनको बिजयी लक्ष्य पाएको शिबशक्तीले १५ ओभर १ बलमा सबै विकेट गुमाई ६२ रनमै समेटीई हार ब्यहोरयो । प्रतियोगितामा लुम्बिनी खुकुरी क्रिकेट क्लबका कृतेन गुरुंगले म्यान अफ द सिरीज तथा उत्कृष्ट ब्याटसम्यानको पुरस्कार बापत क्रमश ५ हजार र २५ सय रुपैया प्राप्त गरे । त्यस्तै गरी वेस्टर्न क्रिकेट एकेडमीका कृष्ण सेनले उत्कृष्ट बलर घोषित हुदै २५ सय रुपैया प्राप्त गरे भने म्यान अफ द फाईनलबाट लुम्बिनी क्रिकेटका ईकलाख अहमद पुरस्कृत भए । बिजेता तथा उप बिजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथी सिद्धार्थ होटल एशोसियसन(सान)का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी),बिशिष्ट अतिथी मुख्य प्रायोजनकर्ता एबं स्व. सुरेश श्रेष्ठका भाई सुसन श्रेष्ठ,म्यान अफ द सिरिज पुरस्कार दाता एबं समाजसेबी त्रिलोक नारायण बिक,प्रायोजक एबं लुम्बिनी सुनचादी पसल बुटवलका प्रबन्ध निर्देशक अनिल सेन्चुरी,रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल,उपाध्यक्ष सुनिल शर्मा, महासचिब गंगाराम सुनार,नेपाल क्रिकेट संघका पुर्ब केन्द्रिय सदस्य आशा गुरुंग,जेसिआई सिद्धार्थ नेपालका पुर्ब अध्यक्ष देब राज न्यौपाने लगायतले ट्रफी ,नगद पुरस्कार एबं प्रमाणपत्र प्रदान गरेका थिए । रुपन्देही क्रिकेट संघ द्धारा आयोजित प्रतियोगितामा रुपन्देही जिल्लाका १४ क्रिकेट टिमको सहभागिता थियो । २०४६ साल जेष्ठमा १४ बर्षको उमेरमा भैरहवामा क्रिकेटको प्रयाक्टिस गर्दा बलले टाउकोमा लागेर ३ दिन सम्म अचेत भई मृत्यु बरण गरेका युबा क्रिकेटर सुरेश श्रेष्ठको स्मृतीमा क्रिकेट प्रतियोगिता आयोजना भएको जिल्ला क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप