उपत्यकामा कडा चेकिङ, ट्राफिकले समात्यो १६ सय ६१ ओटा मोटरसाईकल
मङ्गलबार, ०९ चैत २०७२, १६ : ४०
काठमाडौं– होलीको दिन दुर्घटना न्युन गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीले उपत्यकाकामा कडा चेकिङ गरेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभीन्न ५५ स्थानमा कडा चेक–जाँच गरेको ट्राफिक प्रहरीले १६६१ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
उपत्यका फिल्ड अफिसर सिताराम हाछेथुका अनुसार तिब्र गति, बिना हेल्मेट सवारी चलाउने, दुई पांग्रेमा तिन जना चढ्ने, लापरवाहीपुर्ण तरिकाले चलाउने र दिउँसै मापसे गरेर चलाउने हरुको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
‘प्रहरीको आँखा छलेर फेरी तिब्र गतिमा नचलाउन भनेर सवारी नियन्त्रणमा लिएका हौं’ ट्राफिक इन्सपेक्टर हाछेथुले भने, ‘बेलुका सात बजेपछी उँहाहरुको सवारी फिर्ता दिन्छौं, अरु कारवाही नियम अनुसार हुन्छ ।’
ट्राफिक प्रहरीले बिहान सात बजेदेखखि नै सवारी चेकजाँच थालेको कारण कुनै दुर्घटना नघटेको हाछेथुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण