वेलायती राजकुमार पोखरा भ्रमणपछि काठमाडौ फिर्ता
पोखरा –नेपालको पाँच दिन भ्रमणमा रहेका वेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेविड ह्यारी मंगलवार पोखराको भ्रमण सकेर काठमाण्डौ फर्किएका छन् ।
पोखराको दीपमा रहेको वृट्रीस क्याम्पमा आयोजित एक कार्यक्रम र गोर्खा म्युजियमको अवलोकन गरेपछि डेविड ह्यारी काडमाण्डौ फर्किएका हुन् । अपरान्ह ११ वजेर १० मिनेट जाँदा विट्रीस क्याम्प पसेका ह्यारीले क्यम्प भित्र झण्डै चार घण्टा विताएका थिए । ह्यारीले सो अवधिमा भूतपूर्व गोर्खा सैनिकका उच्च तहका व्यक्ति सँग परामर्श गरेको वुझिएको छ । त्यसैगरी उनले लाहुरे डोको रेश अवलोकन गरेको पनि वताईएको छ । वृट्रीस क्याम्पमा पुग्ने लाहुरेका उच्च व्यक्ति र डोकोरेस प्रदर्शन गर्ने युवाहरुलाई ह्यारी आउन अगाडि नै क्याम्ममा छिराईएको थियो । उनी दिउसो ३ वजे क्याम्पवाट निस्केका थिए । सोमवार लम्जुङको गौंडा गाविस स्थित लेउरानीमा वास वसेका ह्यारी नेपाली सेनाको विषेश हेलिकोप्टर मार्फत मंगलवार विहान ठिक पौने ११ वजे पोखरा विमानस्थलमा अवतरण गरेका थिए । पोखरा विमानस्थलमा अवतरण भएसँगै ह्यारी सिधै वृट्रीस क्याम्पका गाडी प्रयोग गर्दै पोखराको दीपमा रहेको क्याम्पमा पुगेका थिए । पोखरामा वेलायती राजकुमार आउने भएपछि कास्कीको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कडा सुरक्षाका साथ क्याम्प पसेका ह्यारी कडा सुरक्षाको वीच विमानस्थल पुगेका थिए । नेपाल र वेलायत वीच कुटनीतिक सम्वन्ध स्थापना भएको २ सयौं वर्ष गाँठको अवसर पारेर वेलायतकी महारानीका प्रतिनिधीको रुपमा ह्यारी नेपालमा आएका थिए । ह्यारीले पाँचदिनको नेपाल वसाईमा काभ्रे, वर्दिया राष्ट्रिय निकुञ्ज, लम्जुङको होमस्टे र पोखराको वृट्रिस क्याम्प र गोर्खा म्युजियम अवलोकन गरेर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण