शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाँदरलाई थापेको धरापमा परी बालकको ज्यान गयो

मङ्गलबार, ०९ चैत २०७२, १६ : ५२
मङ्गलबार, ०९ चैत २०७२

खोटाङ– बाँदरलाई थापेको धरापमा परी खोटाङमा एक बालकको ज्यान गएको छ ।

बाँदर मार्न जङ्गलमा थापिएको धरापले किचेर च्यास्मिटार–४ का दिलकुमार राईका नौ वर्षीय छोरा प्रकाश राईको ज्यान गएको हो ।

गाई चराउन जङ्गल गएका बालकको सोमबार दिउँसो धरापले किच्दा घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार गाउँमा बाँदरले दुःख दिएपछि घरदेखि केही टाढा पर्ने जङ्गलमा धराप थापिएको थियो ।

धरापमा परेर मरेका बालकको शव परीक्षण गर्न जिल्ला अस्पताल खोटाङ ल्याइँदैछ । घटनाको अनुसन्धान गर्न कार्यालयबाट आज बिहान प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने च्यास्मिटारमा बाँदरले खेती लगाउन नदिएपछि धराप थापेर मार्ने गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप