होली रोक्ने अधिकार कसले दियो मधेसी मोर्चालाई ?
काठमाडौ–तराई मधेशको मुख्य पर्व होलीलाई रोक्ने गरि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विज्ञप्ति आएपछि मधेशमा होली मनाउन नमनाउनेमा भन्नेमा अन्योलता देखिएको छ । पहाडि भेगमा आज होली मनाइएपनि तराईमा भोलि धुमधामका साथ होली मनाइँदैछ ।
[caption id="attachment_39035" align="alignleft" width="849"] मधेसी मोर्चाको निर्णयका बाबजुत पनि मोर्चाका एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीले जनकपुरमा मनाएको होली कार्यक्रम[/caption]संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले होली नमनाउने गरि हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्षको क्रममा ५ दर्जनभन्दा बढी आन्दोलनकारीहरुको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अवस्थामा होली मनाईदैन । होलिका दहन झै यस वर्षको होली उच्चतावादी अहंकार, वर्चस्ववाद र दानवी प्रवृतिबाट राज्यलाई मुक्ति देओस् ।’ ‘एक वर्षमा आउने सो रमाइलो पर्वलाई रोक्ने अधिकार मधेशी मोर्चालाई कसले दियो रु मधेशको अधिकारसँग कला सँस्कृति जोडिएको छैन रु’ भनि मधेशमा प्रश्न उठ्न थालेको छ । राजनीतिमा शोकलाई शक्तिमा बदल्ने कुरा पनि भइरहेको हुन्छ, सोहि अनुरुप होलीलाई शोकलाई शक्तिमा बदल्ने गरि आन्दोलनकै एक रुपमा मनाउँदा पनि सकिन्थ्यो । आन्दोलनप्रति आकर्षण बढाउन तथा चेतना फैलाउनका लागि र शक्ति सञ्चयका लागि पनि होलीलाई प्रयोग गर्न सकिन्थ्यो । तर सो विपरित मोर्चाले होलीनै नमनाउने निर्णय गरेपछि यसको सर्वत्र विरोध मात्रै भएको छैन मोर्चाको कदमको नियतमाथि प्रश्नचिन्ह समेत खडा भएको कतिपयले टिप्पणी गरेका छन् । सँस्कृतिविद रामभरोस कपडीले यो बेला होली रोक्ने बेला नभएको टिप्पणी गरे । होलीले माहौल रंगिन भइसकेको बेला यस्तो घोषणा गर्नुको कुनै तुक नरहेको समेत कापडीले बताए । उनले भने, ‘यो संस्कृतिमाथिको प्रहार पनि हो ।’ उनले संस्कृति जोगाउने काम मधेशी मोर्चाको पनि भएको तर्क गर्दै भने–मोर्चाले अचानक घोषणा गरेर हुँदैन, मोर्चाकै कतिपय नेताहरुले धुमधामका साथ होली मनाएका छन् । के उनीहरुलाई मोर्चाले कारवाही गर्न सक्छ त ?’
[caption id="attachment_39034" align="alignleft" width="850"] मोर्चाको विज्ञप्ती[/caption]यता राजनीतिक विश्लेषक चन्द्रकिशोरले पनि मधेसी मोर्चाको कदम सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । ‘आन्दोलनको क्रममा मृत्यु भएकाहरुको श्रद्धाञ्जलिमा भाग लिन जाँदा मधेशी नेताहरु कार्यकर्ताबाट माला र अविर थाप्न मिल्ने तर वर्षमा एकपटक आउने होली किन मनाउन मिल्दैन रु’ चन्द्रकिशोरले भने, समाजमा यो पनि रीति छ कि घरमा कुनै व्यक्तिको निधन भएपछि चाडपर्व मनाउँदै, आन्दोलनको क्रममा मारिएका सम्झनामा होली नमनाउने निर्णय गर्नु गलत होइन तर यसलाई अलि व्यवस्थित गर्नु पथ्र्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण