वाणिज्य संघका पुर्व अध्यक्षको नेतृत्वमा मजदुरमाथि कुटपिट
मङ्गलबार, ०९ चैत २०७२, १७ : ४६
म्याग्दी – म्याग्दी सदरमुकाम बेनीमा फागु पूर्णीमाको अवसरमा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जना घाईते भएका छन् ।
बेनीको न्युरोडको सडकमा होली खेल्दै गरेको समूहमाथि घरको झ्यालबाट पानी छ्यापेको भन्दै न्युरोड स्थित भिम एण्ड ब्रर्दशमा काम गर्ने सवारी चालकमाथि कुटपिट भएको हो । कुटपिटबाट भिम एण्ड ब्रर्दशको ग १ ख ४६७५ नम्बरको ट्याक्टरका चालक दाङ तुल्सीपुर ४ का २१ वर्षिय समिर परियार घाईते भएका हुन् ।
होली खेल्दै गरेको समूहले परियारलाई घरभित्रै पसेर कुटपिट गरेको पसलका सञ्चालक तारानाथ रेग्मीले बताए । परियारको दाहिने हातको पञ्जा, टाउको र शरिरमा चोट लागेको छ । घटनास्थल रगताम्मे बनेको थियो ।
उक्त समूहले कुटपिट गर्न घरभित्र पसेकालाई रोक्न खोज्दा आफू र न्युरोड निवासी शर्मीला थापामाथी पनि हातपात भएको रेग्मीले बताए । घाईतेको जिल्ला अस्पताल बेनीमा उपचार गरिएको छ । कुटपिटमा संलग्न ८ जनाको नाम सहित १५२० जनाको समुहलाई विपक्षी बनाएर पिडितले मंगलबारनै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएपनि प्रहरीले फकाईदिएको छ ।
बिदाको दिन भएकाले मंगलबार जाहेरी दर्ता नगरेको र बुधबार जाहेरी दर्ता गरेपछि घटनाको अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख लोकेन्द्र सिंह गुरुले बताए ।
पिडितले बेनी बजारका कुबिर श्रेष्ठ, रुवीन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जुना श्रेष्ठ, सृजना श्रेष्ठ, जेनिस श्रेष्ठ, अंगद श्रेष्ठ, तारा श्रेष्ठ लगायत १५२० जनाले कुटपिट गरेको जाहेरीमा उल्लेख गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठको नेतृत्वमा कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
श्रेष्ठले परियारले पानी फाल्न प्रयोग गरेको टपेसलाई सडकमा ल्याएर सार्वजनीक रुपमा ढुंगाले हानेर फुटाएका थिए । घटनास्थल नजिकै बेनीका कलाकार र पत्रकारहरुको टोली पनि नाचगान गरेर होली मनाईरहेका थिए ।
बजारका प्रतिष्ठीत व्यक्तिहरु उल्छीङ्खल गतिबिधी गर्नेविरुद्ध प्रहरी तथा स्थानीय प्रशासनमा उजुरी गर्नुको साटो कुटपिटमा उत्रनु असोभनीय भएको प्रत्यक्षदर्शी सोमनाथ ढुंगानाले बताए । कुटपिट गर्नेविरुद्ध न्युरोडमा केही समय नाराबाजी पनि भएको थियो ।
आरोपीतहरुले भने भाषा मंका खलको सामुहिक होली खेल्ने क्रममा अमर्यादीत ब्यवहार प्रर्दशन गरेकाले प्रतिकार गरेको प्रतिक्रिया दिएका छन् । घटना सामान्य भएकाले जातीय र राजनितिकरण गर्न नहुने उनिहरुको दावी छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार होली खेल्ने क्रममा अर्मयादीत गतिबिधि गर्नेलाई कानुन अनुसार कारबाही गर्ने सूचना जारी गरेपनि कुटपिटबाट मरनासन्न हुने गरि घाईते भएका जाहेरी लिन नमानेकोमा पहुँचको प्रभाव परेको पिडित परियारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण