बेलायती महारानीबाट क्याप्टेन थापा मेम्बरस अफ ब्रिटिस एम्पाएर नामक पदकबाट विभूषित
मङ्गलबार, ०९ चैत २०७२, २१ : ५८
पोखरा– बेलायती महारानी एलिजावेथ द्वितीयबाट पूर्वब्रिटिस गोर्खा क्याप्टेन भक्तबहादुर थापालाई ‘मेम्बरस अफ ब्रिटिस एम्पाएर’ पदकबाट विभूषित गरिएको छ ।
समाज सेवा र सहासी एवम् बहादुरी कार्यमा अतुलनीय योगदान गर्ने ब्रिटिस गोर्खा सेनालाई प्रदान गरिने सो उच्च पदक क्या थापाले समाजसेवाका क्षेत्रमा प्राप्त गरेका हुन् ।
नेपालको पाँचदिने भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले महारानीका बक्स भएको सो पदक क्या थापालाई आज यहाँ रहेको ब्रिटिस गोर्खा नेपालको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदान गरे ।
गोर्खा वेल्फेयर स्कीम कार्यक्रमअन्तर्गत क्या थापाले प्राविधिज्ञ भई करिब १९ वर्ष समाजसेवा गरेका थिए । यस क्रममा उनले सो स्कीमअन्तर्गत ग्रामीण क्षेत्रमा ७४ विद्यालय र ४५ हजार घरधुरीका करिब दुई लाख ७५ हजार जनतालाई ९०० योजनामार्फत पिउने पानीको उपलब्धता पुर्याएका थिए ।
राजकुमार ह्यारीबाट पदक ग्रहणपश्चात् क्या थापाले आफूले गरेका समाजसेवालाई बेलायती महारानीबाट कदर भएकामा खुसी व्यक्त गर्नुभयो ।
राजकुमार ह्यारीले आज नै अफगानिस्तानमा वीरगति प्राप्त गरेका ब्रिटिस गोर्खाको सम्झनामा कार्यालमा राखिएको स्मारकमा श्रद्धासुमन अर्पण तथा परिवारका आफन्तजनसित भलाकुसारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण