शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होलीमा झेली गर्ने दुईसयभन्दा बढी पक्राउ

मङ्गलबार, ०९ चैत २०७२, २२ : ०१
मङ्गलबार, ०९ चैत २०७२

काठमाडौँ– होली पर्वका अवसरमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले आज काठमाडौँ उपत्यकाबाट २२६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, महानगरीय ट्राफिक महाशाखाबाट खटिएको टोलीले उच्छृङ्खल गर्दै हिँडेको भन्दै काठमाडौँबाट १३३, ललितपुरबाट ८३ र भक्तपुरबाट १० जनालाई पक्राउ गरेको हो । जथाभावी रुपमा लोला हान्दै हिँडेको र उपत्यकाका विभिन्न स्थानमा प्रहरी चेकिङका क्रममा मादक पदार्थ सेवन गरी लापर्बाही गरी सवारी साधन चलाएको भन्दै उनीहरुलाई पक्राउ गरेको हो । यस्तै ट्राफिक नियम उल्लङ्घन गरी हिँडेका एक हजार ४३२ वटा मोटरसाइकल तथा गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप