कलाकारको होलीमा बाबुराम
मङ्गलबार, ०९ चैत २०७२, २२ : ०६
काठमाडौँ– सर्वसाधारणले जस्तै कलाकारले पनि आज फागुपूर्णिमा अर्थात् रङको पर्व होली धुमधामसँग मनाएका छन् ।
नेपाली रजतपटकी सदावहार नायिका करिष्मा मानन्धरले आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली कार्यक्रममा चलचित्र क्षेत्रसँगै राजनीतिक र विभिन्न क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको उपस्थिति थियो । नयाँ शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराईको उपस्थितिले थप रौनकता थप्यो । पूर्वप्रधानमन्त्री भट्टराईले पूर्णरुपमा खुलेर होली नखेले पनि टीका लगाएर पर्व मनाए ।
भट्टराईको नयाँ शक्तिमा रहेकी नायिका मानन्धरको होली कार्यक्रममा साथ दिन उनी उपस्थित भएका थिए । नयाँ शक्तिमा लागेका कलाकार सरोज खनाल पनि करिष्माको निवास पुगे
थिए ।
अपराह्न १२ः३० बाट सुरु भएर दिउँसो करिब ४ः३० बजेसम्म चलेको होलीमा साथ दिन कलाकारहरू रमेश उप्रेती, शिल्पा पोखरेल, भुवन चन्द, किरण केसी, रङ पत्रकारलयागतको उपस्थिति थियो ।
त्यस्तै, नायिका रेखा थापा र निर्माता÷निर्देशक आकाश अधिकारीले पनि संयुक्त रुपमा होली पर्वको आयोजना थिए । दिउँसो १ बजेबाट महाराजगञ्जस्थित रेड स्टुडियोमा होली आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण