राजकुमार ‘ह्यारी’लाई खुकुरी उपहार
मङ्गलबार, ०९ चैत २०७२, २२ : २६
काठमाडौँ– नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’लाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले आज नेपाली खुकुरी उपहार प्रदान गरेका छन् ।
नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पूरा भएका अवसरमा बेलायती महारानीको प्रतिनिधिका रूपमा सद्भावना सन्देश लिएर नेपालको पाँचदिने औपचारिक भ्रमणका यहाँ आएका ‘ह्यारी’लाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका तर्फबाट सम्झनास्वरुप खुकुरी उपहार प्रदान गरिएको हो ।
काठमाडौँ उपत्यका बाहिर बर्दिया, लमजुङ र पोखराको भ्रमण सकेर यहाँ फर्किनुभएका ‘ह्यारी’लाई विमानस्थलमा स्वागत गर्दै गोर्खालीको विरताको पहिचान दिने हतियार प्रदान गरिएको हो ।
सो अवसरमा राजकुमार ‘ह्यारी’ले नेपाली सेनाको प्रशंसा गर्दै आफ्नो भ्रमणको दौरानमा नेपाली सेनाले पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।
राजकुमार ‘ह्यारी’ र प्रधान सेनापति क्षत्रीबीचको भेटले द्विपक्षीय हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण