अवैध सुन भएको आशङ्कामा कन्टेनर नियन्त्रणमा
मङ्गलबार, ०९ चैत २०७२, २२ : २८
धुन्चे –चीनबाट आयात गरिएको सामग्रीसहितको सिलबन्दी मालवाहक कन्टेनरमा अवैध सुन भएको आशङ्कामा संयुक्त सुरक्षा टोलीले कालिकास्थानबाट आज नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भन्सार कार्यालय टिमुरेले सिल गरेको बा३ख ५४४५ नं को कन्टेनरभित्र अवैध सुन भएको विशेष सुराकीका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयले सिलबन्दी गरेको सो कन्टेनर खोल्न नमिल्ने भएका कारण आवश्यक जाँचबुझ गर्न राजस्व अनुसन्धान विभागमा पठाइएको छ । जाँचबाट सही परिणाम आओस् भन्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराईएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण