धुन्चेमा भीषण हावाहुरी , जनजीवन प्रभावित
बुधबार, १० चैत २०७२, १० : १३
रसुवा - आज बिहान ६ बजेदेखि चलेको हावाहुरीले सदरमुकाम धुन्चेलगायत आसपासका क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले दर्जनौँ जस्ताका घरहरु उडाएको र बसोबासमा प्रभावित तुल्याएको छ । अहिले स्थानीयवासी सुृुरक्षित ठाउँको खोजी गर्र्दै बसिरहेका छन् । अहिले हिँड्डुल गर्ने अवस्था नभएको र हावाहुरीले जस्ताको टहरो र त्रिपाल, टेन्टमा बस्ने हजारौँ बासिन्दा प्रभावित भइसकेका र सबै नागरिकलाई सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले बताए। उता मङ्गलबार अपराह्नदेखि हाकु गाविसको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । हावाहुरीले डढेलो बढ्दै जाँदा हजारौँ हेक्टर वनजङ्गल डढेलोको चपेटामा परेको बताइएको छ । क्षतिको विवरण यकिन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण