शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इलाममा डिजिटल प्रविधिबाट घरधुरी सर्वेक्षण गरिने

बुधबार, १० चैत २०७२, १० : १९
बुधबार, १० चैत २०७२

इलाम - इलामको सूर्योदय नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै घरधुरी सर्वेक्षणको गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडाका दुईदेखि तीनजना स्वयम्सेवकलाई प्रविधिसम्बन्धी तालिम दिएर घरधुरी सर्वेक्षणमा पठाउन लागेको छ । ‘स्मार्ट फोन’को प्रयोग गर्ने युवालाई तालिम दिएर यही सातादेखि सर्वेक्षणमा पठाउन लागिएको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए । सर्वेक्षणमा भाडामा लगाइएको घर, सवारीसाधन लगायतको तथ्याङ्क सङ्कलन गरिनेछ । डिजिटल प्रविधिको प्रयोग गर्दा तथ्याङ्क सङ्कलकहरू प्रत्येक घरमा पुगेर आफ्नो मोबाइलमा भएको सफ्टवेयरमा तथ्याङ्क भर्नेछन् । यसरी तथ्याङ्क सङ्कलन गर्दा करिब १५ दिनमा सबै वडाको तथ्याङ्क आइसक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले तथ्याङ्क सङ्कलकहरूलाई मङ्गलबारदेखि तालिम दिन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप