नवलपरासीका किसानले कृषि परिचयपत्र पाउने
नवलपरासी - जिल्ला कृषि विकास कार्यालय नवलपरासीले किसानलाई लक्षित गरी कृषि परिचयपत्र वितरण गर्ने भएको छ ।
यो परिचयपत्रबाट गरिब, विपन्न तथा भूमिहीन कृषि पेसा अँगालेका किसान लाभाविन्त हुने अपेक्षा गरिएको छ । परिचयपत्र पाएका किसानले आवश्यक पर्ने कृषि सामग्री तथा अन्य अनुदान सेवासुविधा सहुलियत दरमा पाउनेछन् ।
किसानलाई विधिवत् रुपमा परिचयपत्र दिने तयार गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए। सरकारले तोकेको कृषियोग्य जमिनमा परिवारिक, सामूहिक, सामुदायिक तथा सहकारी खेती गर्ने किसानलाई कृषि उत्पादनका लागि दिइने अनुदान परिचयपत्रका आधारमा उपलब्ध गराइनेछ । अधिया कमाउनेलाई पनि स्थानीयवासीको सिफारिसमा परिचयपत्र उपलब्ध गराइने प्रमुख गैरेले बताए ।
परिचय पत्र लिनका लागि किसानले कृषि विकास कार्यालयमा निवेदन, लालपुर्जा, नागरिकता, गाविस सिफारिस, भाडा वा भोगचलनका लागि गरिएको सम्झौतापत्रको फोटोकपी बुझाएर मात्र परिचयपत्र पाउने कार्यालयले जनाएको छ । आव २०७२/७३ मा कुल ६ हजार जना किसानलाई परिचयपत्र वितरण गरिने कार्यालयले जनाएको छ ।
कर शिक्षासम्बन्धी कार्यक्रम नवलपरासीको सदरमुकाम परासीमा कर प्रणाली, आयकर, मुअकर अन्तः शुल्कलगायत अन्य करको सम्बन्धमा करदाता शिक्षा कार्यक्रम चलाइएको छ ।
उद्योग वाणिज्य सङ्घ तथा रामग्राम नगरपालिकाको संयुक्त आयोजना एवम् आन्तरिक राजस्व कार्यालय भैरहवाको सहयोगमा परासीमा करदाता शिक्षा कार्यक्रम चलाइएको थियो ।
सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि एवम् भैरहवा राजस्व कार्यालयका प्रमुख कर अधिकृत महराज कोइरालाले कुनै पनि संस्था तथा उद्योग, व्यापार–व्यवसाय आयआर्जन गर्नुभन्दा पहिला करमा दर्ता हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण