शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पुनर्वासका लागि जग्गा उपलब्ध गराउन राप्ती बाढीपीडितको माग

बुधबार, १० चैत २०७२, १० : ५०
बुधबार, १० चैत २०७२
काठमाडौं – बाँके जिल्लाको राप्ती नदी बाढी पीडित संघर्ष समितिले एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गरी तत्काल पुनर्वासको माग गरेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहान भएको भेटमा समितिले राप्ती नदीको बाढीका कारण घरबारबिहिन बनेकाहरुको पुनर्वासको व्यवस्थामा भएको सरकारी ढिलासुस्तीका बारे गुनासो गरेका हुन् । सरकार सञ्चालन उच्चस्तरीय समन्वय समितिका अध्यक्ष प्रचण्डलाई जिल्लामा रहेका सबै राजनीतिक दल र सरकारी निकायले पनि पुनर्वासका निम्ति सहमति जनाई सकेकाले वस्ती नै हस्तान्तरण गर्नुपर्ने उनीहरुको भनाई थियो । बाँके बाढी पीडित संघर्ष समितिका संयोजक तिलक घर्तीसहितको टोलीले पुनर्वासका निम्ति बाढी पीडितलाई पैसाको सट्टा जमिन नै उपलब्ध गराउनु पर्ने माग पनि गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप