चीनका व्यापारी समुदायलाई नेपालमा लगानी गर्न प्रमको आह्वान
बुधबार, १० चैत २०७२, १० : ५८
बेइजिङ - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका व्यापारी समुदाय तथा लगानीकर्तालाई संविधान निर्माणपछिको स्थितिमा सहज र शान्तिपूर्ण वातावरण सृजना भएकाले लगानी गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले मङ्गलबार अपराह्न चाइना काउन्सिल फर द प्रमोसन अफ द इन्टरनेसनल ट्रेड सिसिपिआइटी र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन लगानी फोरम कार्यक्रममा सो आह्वान गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल संविधान निर्माण प्रक्रियापछि विकासको पथमा अग्रसर भएकाले चीनको अग्रसरतामा एसियाली पूर्वाधार बैंक (एआइआइबी) को सदस्यता लिएको र चीनका राष्ट्रपतिकै अग्रसरतामा अघि बढाइएको नयाँ सिल्क रोड पहलमा पनि सहभागी हुन लागेको बताए ।
नेपालमा लगानीको प्रशस्त सम्भावना भएको कुरालाई औँल्याउँदै प्रधानमन्त्री ओलीले जलविद्युत् लगानीका लागि पहिलो लाभदायक क्षेत्र रहेको र नेपालको सौर्य ऊर्जा तथा वायु ऊर्जा विकास चिनियाँ लगानीका लागि आकर्षक क्षेत्र हुन सक्ने बताए ।
नेपालमा लगानी गर्दा सस्तो श्रम, उदार आर्थिक नीति, सहज प्रशासनिक प्रक्रिया तथा ठूला बजारको पहुँच हुनाले लगानीबाट राम्रो प्रतिफल पाउन सकिने उनले उल्लेख गरे ।
उनले लाभांशमा आयकर नलाग्ने र एकद्वार नीति तथा राम्रो लगानीको सुरक्षाको कारण नेपालका विशेष आर्थिक क्षेत्रमा लगानी गर्दा विभिन्न फाइदा प्राप्त हुने पनि चीन तथा नेपाली व्यापारीसमक्ष स्पष्ट पारे ।
सो कार्यक्रममा लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्त, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालमा जलविद्युत्, पूर्वाधार, पर्यटन, बीमा, बैंकिङ आदिमा लगानीको अत्यन्त उपयुक्त वातावरण रहेको र दुवै तर्फका छिमेकी राष्ट्र र दक्षिण एसियाको बजारसँग सजिलै पहुँच हुने बताए ।
कार्यक्रममा चाइना इन्टरनेसनल रेलवे ग्रुप कम्पनीका उपाध्यक्ष वाङ ली जिए तथा शिचुवान वेनचुवान भूकम्प पुनर्निर्माण प्रतिष्ठान फाउन्डेसनका उपमहानिर्देशक याङ तियान लङले पनि आफ्ना धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण