हिन्दू, मुस्लिम र सिख धर्मगुरुले होली खेले
नेपालगन्ज - खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले सामाजिक सद्भाव, भाइचारा र आपसी मेलमिलापको सन्देश प्रवाह गर्ने होली पर्वलाई त्यही भावनाबाट सबैले ग्रहण गर्नुपर्ने बताएका छन् ।
सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र, स्थानीय शान्ति समिति, अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्च र जिल्ला तथा पुनरावेदन बार एसोसिएसनद्वारा मङ्गलबार यहाँ आयोजित ‘सामाजिक सद्भाव र सौहार्दताका लागि होली मिलन’ कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् ।
राज्यमन्त्री यादवले सबै धर्मले मानवताको सन्देश दिने भएकाले रमाइलोका लागि मात्र होइन धर्मको सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
जिल्ला बार एसोसिएसनका अध्यक्ष उदयराज वर्माको सभापतित्वमा भएको कार्यक्रममा पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, पुनरावेदन बारका अध्यक्ष बलबहादुर चन्द र स्थानीय शान्ति समितिका संयोजक तेजविक्रम शाहले होली मिलन सामाजिक सद्भावको महत्वपूर्ण कडी भएको धारणा राखे ।
त्यस अवसरमा त्यहाँ उपस्थित हिन्दू धर्म गुरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी र सिख धर्मगुरु राजुसिंह सरदारले आपसमा होली खेलेर धार्मिक सद्भाव छरेका थिए ।
यसैगरी स्थानीय भिजन टिभी, नेपाल प्रेस युनियन, रेडियो कृष्णसार एफएमले पनि सामाजिक सद्भावका लागि होली मिलन कार्यक्रम आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण