शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बृद्ध भत्ता समयमा नपाउँदा रौतहटका जेष्ठ नागरिकको होली खल्लो

बुधबार, १० चैत २०७२, ११ : ५०
बुधबार, १० चैत २०७२

रौतहट – सरकारी कर्मचारीको लापरवाहीले नेपाल सरकारले दिँदै आएको जेष्ठ नागरिक भत्ता समयमा नपाउँदा रौतहटका सैयौं जेष्ठ नागरिकले यसपटक होली पर्व मनाउन पाएनन् । सरकारले उपलब्ध गराउँदै आएको जेष्ठ नागरिक भता बर्षको दुईपटक कार्तिकमा छठपर्व मनाउनु अघि र होलीपर्वको अघि एकमुष्ट रकम पाउँदै आएकोमा यस वर्ष भने जेष्ठ नागरिकहरु त्यसबाट बञ्चित बनेका हुन् । गरुडा नगरपालिकाको ढिलासुस्तीका कारण आफूहरुले समयमा भत्ता नपाएको रौतहटका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । भत्ता पाउने आशमा गरुडा र कटहरीयाका जेष्ठ नागरिकहरु मंगलवार साँझसम्म पनि गाबिस, नगरपालिका कार्यालय र प्रहरी कार्यालयमा भौंतारिरहेका थिए । तर, कर्मचारीको लापरवाहीका कारण उनीहरु रित्तो हात घर फर्कन बाध्य बनेका थिए । गौर, चन्द्रपुर, गरुडागरी तिन नगरपालिका र ८४ गाबिस मध्ये अन्य सबै स्थानमा जेष्ठ नागरिक भत्ता होलीअघि नै बितरण भईसकेको छ । तर गरुडा र कटहरीयाको आवश्यक कागजात समयमानै जिल्ला बिकास समितिमा नबुझाएको कारण उक्त दुईस्थानमा भता जान नसकेको स्थानिय बिकास अधिकारी बन्दना झाले जानकारी दिएकी छिन् । जिविस श्रोतका अनुसार अषाढ मसान्तमा बुझाउनुपर्ने कागजात हालै बुझाएको भएपनी दुबै ठाँउको कागजातमा ब्यापक त्रुटी रहेकाले समयमा जेष्ठ नागरिक भत्ता निकासा हुनसकेको छैन । यता, प्राविधिक कारणबस हुनगएको त्रुटी सच्चिएर एकसाताभित्र गरुडा र कटहरीयामा जेष्ठ नागरिकभता बितरण हुने गरुडा नगरपालिकाले बताएको छन् । यसअघि गरुडाका स्थानियहरु जेष्ठ नागरिक भत्ताको लागी गौर चन्द्रपुर सडकमा केहीबेर यातायात समेत अवरुद्ध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप