शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

२ सय वटा वेवसाईट ह्याक गर्ने १८ वर्षीय किशोर पक्राउ

बुधबार, १० चैत २०७२, २० : २५
बुधबार, १० चैत २०७२

काठमाडौं – विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु गरी करिब २ सयवटा वेवसाइट ह्याक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजु हाइट बस्ने विकास पौडेल रहेका छन् । १८ वर्षीय पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध बिकास संस्थान, नेपाल दुरसंस्थानका केहि प्रयोगकर्ताहरुको विवरण एवं बिभिन्न शैक्षिक संस्थाहरु लगायत करिव २०० वटा वेवसाईटहरु ह्याक गरेको प्रहरीले बताएको छ । सरकारी कार्यालयका वेवसाइटहरु ह्याक हुन थालेपछि प्रहरीले अनुसन्धान गर्दा "Anonymous #Opnep" ले ह्याक गरेको पत्ता लगाएको थियो । यसबारे अनुसन्धान गर्दै जाँदा विकासलाई गत चैत  ७ गते काठमाडौंको सोह्रखुट्टे एरियामा फेला पारी पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप