शंकरदेव क्याम्पसमा नेविसंघको दुई गुटबीच झडप, सभापति बस्नेत गम्भिर घाइते
काठमाडौं – काठमाडौं– शंकरदेव क्याम्पमा नेपाल विद्यार्थी संघका विद्यार्थीबीच आपसी झडपमा स्ववियू सभापति शुभराम बस्नेत गम्भिर घाईते भएका छन् । ईकाई समितिको विषयमा विबाद हुँदा भएको झडप भएको थियो । ईकाई समितिले कुनै काम नगरेको भन्दै नयाँ विद्यार्थीहरुको भेलाले कैलाश थापाको अध्यक्षतामा १ सय ५ सदस्यीय नयाँ समिति गठन गरेपछि विबाद शुरु भएको थियो । नयाँ ईकाई समिति गठन भएपछि स्ववियू सभापति बस्नेतले आक्रमण गरेको नेविसंघका नेता दीपक रिमालले बताए । ‘दुई वर्षसम्म पनि कुनै काम नगरेको र पार्टी सभापतिको मृत्यूमा शोक पुस्तिका समेत नराखेपछि नयाँ तदर्थ समिति गठन गरिएको हो’ रिमालले भने, ‘गठन गरेर घोषणा गर्दा बस्नेतले आक्रमण गरे ।’ झडपछि बस्नेतको टाउको र मुखमा चोट लागेको छ । उनको अहिले मोडल अस्पत्तालमा उपचार भैरहेको छ । नयाँ तदर्थ समिति गठन गर्ने समूहले विद्यार्थीले प्रतिकार गर्दा उनी घाईते भएको जनाएका छन् । बस्नेत समूहले बस्नेतमाथि आक्रमण गरिएको आरोप लगाएका छन् । झडपमा सचिव रमण राई पनि घाइते भएका छन् । केहीबेर अघि भएको झडप प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । अहिले क्याम्पस परीसरमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण