शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ब्रसेल्स आक्रमण : अमेरिकामा बालियो बेल्जियमको गलत झण्डा

बुधबार, १० चैत २०७२, १३ : २१
बुधबार, १० चैत २०७२
काठमाडौं – मंगलबार बेल्जियमको ब्रसेल्समा भएको आतंकवादी हमलापछि श्रद्धाञ्जलीस्वरुप विश्वभरका विभिन्न देशमा रहेका स्मारकहरुमा बेल्जियमको झण्डा बालियो । तर, अमेरिकाको न्युयोर्कमा रहेको वल्र्ड ट्रेड सेन्टरमा भने मंगलबार राती बेल्जियमको गलत झण्डा बालिएको छ । न्युयोर्कका गर्भनर एन्ड्रयु कुमोनोले मंगलबार दिउँसो वान वल्र्ड ट्रेडमा बेल्जिमको समर्थनमा सो देशको झण्डा बालिने बताएका थिए । तर, मंगलबार राती बेल्जियमको रातो कालो र पहेँलो झण्डाको रंग बालिनु पर्नेमा निलो सेतो र रातो रंग बालिएको थियो । उक्त घटनापछि समाजिक सञ्जालमा निकै खिल्ली उडाइएको थियो । ट्वीटरमा उक्त तस्विर भाइरल नै बन्यो । विश्वका अन्य स्मारकहरुमा भने बेल्जिमको सही झण्डा बालिएको थियो । पेरिसको आइफिल टावर, बर्लिन ब्राण्डेनबर्ग गेट र रोमको ट्रेफे फाउन्टेन लगायतका स्मारकमा बेल्जियमको झण्डा बालिएको थियो । यता, बेल्जियमको समर्थनमा न्युयोर्ककै एम्यार स्टेट भवनको बत्ति भने निभाइएको थियो । मंगलबार ब्रसेल्समा भएको दुई श्रृंखलाबद्ध विस्फोटमा ३४ जनाले ज्यान गुमाएका छन् भने २ सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप