शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अवैद्य रक्सी सेवन गर्दा पाकिस्तानमा २४ जनाको निधन

बुधबार, १० चैत २०७२, १३ : ३८
बुधबार, १० चैत २०७२

सिन्ध – पाकिस्तानको दक्षिणी भागमा रहेको सिन्ध प्रान्तमा अवैद्य रक्सी सेवन गर्दा कम्तीमा २४ जनाको निधन भएको स्थानीय प्रहरीले बताएका छन् । सोमबार भएको उक्त घटनामा अन्य धेरै बिरामी रहेको र अस्पताल भर्ना गरिएको छ । मर्नेमा कम्तिमा दुई जना महिला पनि रहेको बताइएको छ । मारिनेमा धेरै हिन्दु समुदायको रहेको बताइएको छ भने केही मुस्लिम समुदायका पनि रहेका छन् । मुस्लिम समुदायलाई पाकिस्तानमा रक्सी किन्नु बर्जित छ भने अन्यले पनि रक्सी किन्न परमिटको आवश्यक रहेको छ । रक्सी खरिद बिक्रीमा कढाई गरे पनि पाकिस्तानमा पछिल्लो समय अवैद्य रक्सी खाएर धेरैले ज्यान गुमाउने गरेका छन् । सन् २०१४ मा केही दिनको अन्तयरामा सिन्धमा नै ४० जनाले ज्यान गुमाएका थिए । पछिल्लो घटनापछि सिन्धको तान्डो मोहम्मद खान जिल्लाका वासिन्दाहरुले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले अवैद्य मदिरा विक्री बितरणलाई नियन्त्रण गर्न असफल भएको भन्दै नाराबाजी गरेका थिए । उक्त जिल्लाको करिमाबाद क्षेत्रमा अवैद्य रक्सी पिए पछि करिब ३० जना व्यक्ति बेहोस बनेका थिए । उनीहरुलाई तत्कालै नजिकैको अस्पताल लगिएको र गम्भिर भएकाहरुलाई अन्यत्र लगिएको बिबिसीले जनाएको छ । पाकिस्तान मात्र नभएर छिमेकी भारतमा अवैद्य रक्सी सेवनबाट बर्षेनी सयौंले ज्यान गुमाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप