शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेता त्रिपाठीको शव भेटियो

बुधबार, १० चैत २०७२, १४ : २६
बुधबार, १० चैत २०७२

चितवन–नेपाली काँग्रेस दारेचोक गाविसका पूर्व सभापति मित्रलाल त्रिपाठीको शव भेटिएको छ ।

दारेचोक गाविस–४ बस्ने वर्ष ५६ का त्रिपाठी चैत ७ गते त्रिशूली नदीमा नुहाउन जाँदा बेपत्ता भएका थिए ।

बेपत्ता त्रिपाठीको शव आज बिहान चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पार्टीको गाउँ कमिटीमा चार कार्यकाल सभापति भइसक्नु भएका त्रिपाठी, नेपाल रेड्क्रस सोसाइटी चितवन शाखा सदस्य, सामुदायिक सेवा केन्द्र दारेचोकका अध्यक्ष, स्थानीय शान्ति समिति दारेचोकका संयोजकलगायत विभिन्न सङ्घ संस्थामा आवद्ध थिए ।

काँग्रेस पार्टी चितवनले त्रिपाठीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा निर्वतमान सभापति त्रिपाठीको निधनले काँग्रेस चितवनले एक कर्मठ र जुझारु नेतृत्व गुमाएको उल्लेख गरिएको छ ।

यसैबीच आज बिहान भरतपुर उपमहानगरपालिका–१ मा एक वृद्धाको बेवारिसे शव फेला परेको छ । अन्दाजी ७०/८० वर्षको देखिने शव नारायणी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप