होलीमा यसरी झुम्यो भद्रगोल टोली (फोटो/भिडियो)
लोला हान्ने र उश्रृङखल व्यवहार गर्ने विकृती बढेको बेला हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ टोलीले दर्शकहरुसँग रमाईलो गरेर होली मनाएका छन् । राजधानीको सिनामंगल र गोंगबुमा होली विशेष कार्यक्रम गर्दै भद्रगोल टोलीले दर्शकहरुसँग होली मनाएका हुन् । गोगंबु चोकमा जेष्ठ बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा भद्रगोलका कलाकारलगायत लोक तथा आधुनिक गायकहरु पनि सहभागी थिए ।
होली विशेष कार्यक्रममा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (कक्रोज), सागर लम्साल (बले), कमलमणी नेपाल (खुपीका बाउ), मधुसुधन (सिते बा), पर्यटन व्यवसायी राजन पण्डित, विकासराज पाण्डे, विष्णु बुढाथोकीलगायत सम्र्पूण टोली सहभागि थिए ।कार्यक्रममा गायिका इन्दिरा जोशी र गायक सरोज ओलीले चर्चामा रहेको ‘आई लभ यु’ गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । उनीहरुले गाएको आई लभ यु बोलको गीतमा हाँस्य टेलिश्रृंखला भद्रगोलका सम्पूर्ण कलाकारको साथमा दर्शकहरु समेत झुमेका थिए । कार्यक्रममा गायक तथा संगितकार रमेशराज भट्टराईले गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । साथमा हाँस्य टेलिश्रृंखला मेरीबास्सैका केही कलाकारहरु पनि देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण