शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा माओ त्से–तुङकोे पार्थिव शरीरमा श्रद्धाञ्जलि

बुधबार, १० चैत २०७२, १४ : ४१
बुधबार, १० चैत २०७२

काठमाडौँ– मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से–तुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको विज्ञप्तिमा चीन भ्रमणमा रहेका ओलीले जनवादी गणतन्त्रका अध्यक्ष माओ त्से–तुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेको उल्लेख छ ।

यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनियाँ वीर सहिदको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाएका थिए । प्रधानमन्त्री ओली तियानमेन स्क्वायर पुग्दा उनको सम्मानमा राष्ट्रिय धुन बजाइएको थियो ।

प्रसिद्ध पर्यटकीय स्थलसमेत रहेको तियानमेन क्षेत्रमा नेपाल र चीनका झन्डा फहराइएका छन् ।

प्रधानमन्त्रीले आजै बेइजिङमा पिपल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चेनसेंगसँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्नु हुनेछ भने बेइजिङको औपचारिक कार्यक्रमपछि हेनान प्रान्तको सान्या सहर जानु हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीले बिहीबार हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप