उपचार पाउन नसकेकी महिलाको एनआरएनद्वारा उद्धार
साउदी अरब–रोजगारदाताले औषधि उपचारमा बेवास्ता गर्दा लामो समयदेखि साउदी अरबमा बिरामी भई थला परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।
तीन महिनादेखि कमलपित्त तथा पत्थरी रोगले ग्रस्त भई उपचार पाउन नसकेकी कङ्लाङ–२ लिस्टी, सिन्धुपाल्चोककी लाक्पा तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को पहलमा साउदी अरबको पूर्वी प्रान्त खोबार, थुक्बाबाट पीडित तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो ।
पीडित तामाङलाई नेपाली दूतावासको समन्वयमा उद्धार गरी मङ्गलबार स्वदेश पठाइएको सङ्घका महासचिव तेजबहादुर थापाले जानकारी दिए ।
पीडित तामाङ काठमाडौँ रातोपुलस्थित च्वाइस इन्टरनेसनल मेनपावर कम्पनीमार्फत सात महिनाअघि खोबारमा रहेको इनिसियल सप्लायर्स कम्पनीमा कामदारका रुपमा आएकी थिइन् । रोगले ग्रस्त भई थला परेकी तामाङलाई रोजगारदाताले औषधि उपचारमा बेवास्ता गरेपछि उनको अवस्था थप जटिल बनेको थियो ।
पीडित तामाङले आफ्नो उपचार हुन नसकेपछि स्वदेश पठाइदिन अनुरोध गरे पनि रोजगारदाता कम्पनीले करार अवधि पूरा नभएको भन्दै अस्वीकार गर्दै आएको थियो । तामाङलाई साउदी ल्याउन पाँच हजार साउदी रियल खर्च भएको भन्दै रोजगारदाताले सो रकम तिरे मात्र स्वदेश फर्कन दिने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण