सामाजिक काममा सघाउँदै नेपाली सेना
बुधबार, १० चैत २०७२, १४ : ५०
जुम्ला– जुम्लास्थित नेपाली सेनाको भगवती दल गणले सामाजिक काममा सघाउँदै आएको छ । रक्तदान, निःशुल्क स्वास्थ्य सेवा, राहत वितरण र शिक्षा क्षेत्रमा काम गरेर समुदायलाई सहयोग पु¥याएको छ ।
सेनाले गज्याङ्कोट गाविसको जीर्ण अवस्थाको शङ्कर माध्यमिक विद्यालयको मर्मतसम्भार गरेको छ । विद्यालयको भौतिक अवस्था निकै दयनीय भएपछि विद्यालय मर्मत गरिएको गणपति सुशीलकुमार थापाले बताए ।
गणपति थापाले भने, “हामीले विद्यालय जीर्ण अवस्थामा छ र बालबालिकाको पढाइलाई त्यसले प्रभावित बनाएको छ भन्ने थाह पाएपछि, मर्मतसम्भार गरेका हौं ।”
विद्यालय मर्मतपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । पर्खाल, झ्याल, ढोका मर्मत गरिएको विद्यालयमा रङ्गरोगन र लिपपोत गरी समुदायलाई हस्तान्तरण गरेको सेनानी उद्धव सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण