शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लिपुलेक सम्झौताबारे चीनमा कुरा उठाउन प्रधानमन्त्रीलाई क्रान्तिकारीको दबाब

बुधबार, १० चैत २०७२, १५ : ५६
बुधबार, १० चैत २०७२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी निकट विद्यार्थी संगठनले लिपुलेकको विषयमा चीन र भारतबीच भएको विवादीत सम्झौता खारेज गर्न माग गरेको छ । बुधबार सो सम्झौता खारेजीको माग गर्दै अखिल (क्रान्तिकारी) सम्बध विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर माइतीघर मण्डलामा जम्मा भएका विद्यार्थीहरुले ‘लिपुलेक नेपालको हो’, ‘लिपुलेक सम्झौता खारेज गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणमा रहेका बेला लिपुलेकको प्रसंग उठाउन दबाब स्वरुप आजको विरोध कार्यक्रम आयोजना गरिएको विद्यार्थीहरुले बताएका छन् । माइतीघरमण्डलामा एकघण्टा प्रर्दशन गर्दै क्रान्तिकारीले लिपुलेकबारे सरकार नबोलेकोमा आपत्ती जना । ओली अहिले चीन भ्रमणमै रहेका बेला क्रान्तिकारीले चीनसंग लिपु सम्झौताबारे कुरा उठाउन दबाब दिएको छ । प्रधानमन्त्रीले भारतसंग समेत लिपुलेकबारे कुरा गर्न नसकेपछि नेपाली भूमि लिपुलेक कालापानीजस्तै गुम्ने खतरा भएकाले सडकमा आएका क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले बताए । आफुहरु कष्टपुर्ण तरिकाले लिपुलेकसम्म पुग्दा पनि सरकारलाई तातो नलागेपछि अब सडक संघर्ष पेचिलो बनाउने उनको भनाई छ ।

यसअघि, चीन र भारतले व्यापारिक सम्झौता गर्दा नेपालको भूमि रहेको लिपुलेक प्रयोग गर्ने द्विपक्षीय सम्झौता गरेका थिए । यस सम्झौताको व्यापक विरोध हुँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप