एन्फा विवाद मिलाउन एएफसी प्रतिनिधि काठमाडौंमा
बुधबार एन्फा र एएफसीका प्रतिनिधीहरुबीच संघमा देखिएको विवाद समाधान गर्ने बारेमा छलफल भएको छ । बैठकमा एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसहित अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । एन्फाले दिएको जानकारी अनुसार एएफसीका प्रतिनिधिहरुले जारी विवाद समाधान गर्न चाँडोभन्दा चाँडो साधारणसभा गर्न आग्रह गरेका थिए । त्यस्तै एन्फाको विधानमा संशोधन गरेर भए पनि छिटोभन्दा छिटो विवाद समाधर्न गर्न सुझाव दिएका थिए । यता, एन्फाका पदाधिकारीहरुले निलम्बनमा परेका चार पदाधिकारीहरुले पाटन पुनरावेदन अदालतमा साधारणसभा रोक्न माग गर्दै मुद्दा दायर गरेको हुँदा त्यसको फैसला नभएसम्म केही गर्न नमिल्ने जानकारी गराएका थिए । जवाफमा एएफसी प्रतिनिधीले आजै असन्तुष्ट पक्षलाई भेटेर मुद्दा फिर्ता लिन आग्रह गर्ने बताएका थिए । लागतार तीनवटा बैठकमा नआएको भन्दै एन्फाले ४ जना पदाधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण