ब्रसेल्स आक्रमणकारीमध्ये दुईजना दाजुभाई, तेस्रो सालेहका सहयोगी
काठमाडौं – ब्रसेल्सको जाभेन्टेम विमानस्थलमा आत्मघाती बम विस्फोट गराउने तीन आतंककारीमध्ये दुई दाजुभाई रहेको खुलासा भएको छ । बेल्जियन मिडियाका अनुसार आत्मघाती विस्फोट गराउने खालिद र ब्राहिम एल–बक्राउई हुन् । मंगलबार विमानस्थल र मेट्रो स्टेसन भएको दुई श्रृंखलाबद्ध विस्फोटमा कम्तिमा ३४ जनाको मृत्यु भएको थियो भने २ सय ५० भन्दा बढी घाइते भएका थिए । बेल्जियमले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिसकेको छ । घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस)ले लिइसकेको छ ।
बेल्जियन मिडियाका अनुसार दुई दाजुभाईलाई प्रहरीले चिनेको र दुवैको अपराधको रेकर्ड रहेको दाबी गरेको छ । २७ वर्षीय खालिद एल–बक्राउईले झुठो नाम प्रयोग गरेर बेल्जियमको राजधानीमा रहेको फरेस्ट क्षेत्रमा फ्ल्याट लिएर बसेको बताइएको छ । सो क्षेत्रमा गत हप्ता एक हतियारधारी प्रहरीको कारवाहीमा मारिएका थिए । त्यही बेला प्रहरीले गत नोभेम्बर १३ मा पेरिस हमलाका मुख्य संदिग्ध सलाह अब्देस्लामको औंलाको निसान पाएका थिए । सलाह गत शुक्रबार ब्रसेल्सबाट पक्राउ परेका थिए । खालिदको विवरण इन्टरपोलको वेवसाइटमा पनि रहेको छ । आतंकवादी गतिविधिमा संलग्न रहेको र उनको खोजी भइरहेको इन्टरपोलको वेवसाइटमा उल्लेख छ । बेल्जियन मिडियाका अनुसार खालिद कार चोरीको आरोपमा सन् २०११ मा जेल पनि परेका थिए भने ब्राहिम पनि अक्टोबर २०१० मा प्रहरीमाथि गोली चलाएको आरोपमा जेल परेका थिए । प्रहरीले जारी गरेको सिसिटिभी फुटेजमा दुवै थिए या थिएनन् भन्ने आधिकारिक जानकारी भने दिइएको छैन । केही बेल्जियन मिडियाहरुले भने दुईमध्ये एकले मेट्रो स्टेसनमा बम विस्फोट गराएको पनि बताइएको छ ।
बेल्जियन पत्रिका ला डरनाइर हुयरले भने सिसिटिभी फुटेजमा देखिएका व्यक्तिलाई नाजिम लाच्राउई रहेको दाबी गरेको छ । लाच्राउईलाई प्रहरीले सालेहको नजिकको सहयोगी भनेर एक हप्ताअघि पहिचान गरेको थियो । प्रहरी अधिकारीहरुले पछिल्ला रिपोर्टबारे कुनै प्रतिक्रिया नदिए पनि बुधबार साँझसम्म थप जानकारी दिने बताएका छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण