शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ब्रसेल्स बमकाण्ड : दाजु तेक्वान्दो विश्व च्याम्पियनसिपका पदक विजेता, भाई आतंककारी

बुधबार, १० चैत २०७२, २० : २९
बुधबार, १० चैत २०७२
काठमाडौं – बेल्जियममा बम आक्रमणका संदिग्ध नाजिम लाच्राउईका दाई मोउरोड लाच्राउईू देशकै चर्चित तेक्वान्दो खेलाडी रहेको खुलेको छ । तर मोउरोडसँग पछिल्लो समय उनको भेटघाट र सम्पर्क थिएन । मोउरोड आफ्नो परिवार र आतंककारी भाईसँग टाढिएका थिए । उनीहरु मोरक्कन मूलका हुन् । भाईले बिस्फोट गराएको समाचारपछि अहिले दाजू मोउरोड निकै स्तब्ध भएका छन् । उनको परिवारले विज्ञप्ती जारी गर्दै ६ छोराछोरीध्येका एक नाजिमले बम बिस्फोट गराएको जनाएको छ । उनका बाबुले प्रहरीलाई बम पड्काउनेमध्ये एक आफ्नै छोरा गरेको बताएका हुन् । उनका बाबुले नाजिमको आतंककारी क्रियाकलापले आफ्नो अर्को छोरा मोउरोडको खेलकुद करियर नै धरापमा पार्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियामा गत वर्ष सम्पन्न विश्व च्याम्पियनसिपमा ५४ केजी तौलसमूहमा २९ वर्षका मोउरोडले रजत जितेका थिए । उनले बेल्जियमका लागि जितेको यो तेस्रो पदक थियो । यसअघि उनले बेल्जियमको प्रतिनिधित्व गर्दै दुई कास्य जितिसकेका थिए । उनले सामाजिक सञ्जालमा दुबई र इजरायलमा खेल्न जाँदाका तस्विरहरु पोस्ट गरेका छन् । उनले आफ्नो परिवारप्रति गर्व रहेको बताउँदै आएका थिए । प्रहरीले माउरोडका भाइ नाजिम आईएसआईएसका बम विशेषज्ञ रहेको बताएको छ । उनले गराएको बिस्फोटमा ३४ जनाले ज्यान गुमाए भने २ सय ५० जनाभन्दा बढी घाइते छन् । उनीसँगै इब्राहिम र खालिद इल ब्रक्राउयिले बिस्फोट गराएका थिए । ८ दिनअघि मात्रै प्रहरीले गरेको कारवाहीमा उनीहरु जोगिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप