अफगानिस्तानमाथि इंग्ल्याण्डको संघर्षपूर्ण जीत
काठमाडौं – भारतमा जारी टी–२० विश्वकपमा इंग्ल्याण्डले अफगानिस्तानमाथि १५ रनको संघर्षपूर्ण जीत निकालेको छ । जारी प्रतियोगितामा दोस्रो जीत निकाल्दै सेमिफाइनलमा पुग्ने आशा जिवित राखेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डको ब्याटिङ धरासायी बनेपछि निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । कुनै बेला ७ विकेटको क्षतिमा ८५ रनमा सिमित बनेको इंग्ल्याण्डलाई मोइन अलीले जोगाएका थिए । मोइनले ३३ बलमा ४१ रन बनाउँदै इंग्ल्याण्डलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । उनलाई अन्त्यमा क्रिस जोर्डन र डेभिड विलीले राम्रो साथ दिए । दुवैले क्रमशः २० र १४ रन बनाए । यसअघि ओपनर जेम्स भिन्सले २२ रन बनाएका थिए । अफगानिस्तानका लागि मोहमद नाबी र रासिद खानले २–२ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानको ब्याटिङ पनि राम्रो हुन सकेन । शुरुवाती ४ ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । अन्त्यतिर सफिकुल्लाले ३५ रन बनाए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । अफगानिस्तानका लागि समिउल्ला सेनवारीले २२ तथा नुरअली जद्रानले १७ रनको योगदान दिए । अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि विली र अदिल रसिदले दुई विकेट लिए । खेलमा १ विकेट सहित ४१ रन बनाएका मोइन अली म्यान अफ द म्याच घोषित भए । इंग्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएपनि दोस्रो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण