खेलौना लिएर कान्ति बाल अस्पताल पुगे राजकुमार ह्यारी
बुधबार, १० चैत २०७२, २० : ३०
काठमाडौँ - बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज कान्तिबाल अस्पतालमा गई जलेका बालबालिकाको उपचार गरिने वार्ड (वर्न वार्ड) मा उपचारत बालबालिकाको अवस्था बारेमा जानकारी लिए ।
नेपालको पाँचदिने औपचारिक भ्रमणको अन्तिम दिन ३२ वर्षीय राजकुमार ह्यारीले त्यहाँ उपचारत १६ बालबालिका तथा उनीहरुका अभिभावकसँग कुराकानीसमेत गरे । ती बालबालिकामध्ये पाँच बालबालिका गत वैशाखमा गएको विनाशकारी भूकम्पले घर क्षति भएपछि अस्थायी बसोबासमा रहेको अस्पतालमा वरिष्ठ बालचिकित्सक आरपी चौधरीले जानकारी दिए ।
गम्भीर अवस्थामा जलेकी लाजिम्पाटकी आठ महिनाकी सौरभ लामाको स्वास्थ्य अवस्था र उनीको हाल भइराखेको उपचारका बारेमा जानकारी लिएपछि राजकुमार ह्यारी गम्भीर बनेका थिए । हात जलेकी लामाको हाल स्वास्थ्यस्थितिमा सुधार हुँदै गएको बालचिकित्सक चौधरीले जानकारी दिए।
चिकित्सक चौधरीले जलेको उपचार गर्ने (वर्न वार्ड) अन्य उपचारका तुलनामा पछि परेको बताउँदै यसलाई नीति निर्माता तथा सञ्चार क्षेत्रले समेत ओझेलमा पारेको बताए ।
राजकुमार ह्यारीले अस्पतालका चिकित्सक, नर्स तथा बालबालिकाका आफन्तलाई आफ्ना भनाइ सुनाएका थिए ।
करिब २० मिनेटका लागि सयम दिने भनिए तापनि बालबालिकासित भलाकुसारी गर्न मन पराउने राजकुमार ह्यारीले सो वार्डमा ४५ मिनेट समय दिएका थिए ।
रामेछापबाट शरीरको करिब ३५ प्रतिशत भाग जलि हाल सो अस्पतालमा उपचारत बालिका रोशनी थोलाङलाई राजकुमारले वात्सल्यता देखाउँदै उनका अभिभावकलाई आगोलगायत अन्य पोल्ने वस्तुबाट सजग रहन सुझाव दिएका थिए ।
राजकुमार ह्यारीले बालबालिकालाई खेलौनासमेत वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण