शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकार ढल्ने सम्भावना छैन–उपप्रम गच्छदार

बुधबार, १० चैत २०७२, १९ : ४७
बुधबार, १० चैत २०७२
विराटनगर - कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच तीन वर्षसम्म लागि सहमति र सहकार्य आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग आज भएको भेटघाटमा उनले सहमतिको सरकार बन्न नसक्ने स्थितिमा नेपाली काँग्रेसलगायत अन्य दलसँग मुलुक सञ्चालन र संविधान कार्यान्वयनका लागि सहकार्य गर्न सकिने बताए । उनले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार काँग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै संविधान कार्यान्वयनमा सघाउनुपर्ने सुझाव दिए । उपप्रधानमन्त्री गच्छदारले अहिलेको सरकार ढल्ने सम्भावना नरहेको जिकिर गर्दै आलोपालो नेतृत्वका लागि वार्ता र छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिए । मधेसवादी दलले संविधानको सीमाभित्रै रहेर वार्ता र सम्वादमार्फत समस्या टुङ्ग्याउनुपर्ने बताउँदै उनले आन्दोलन र विरोधका नाममा जनतालाई दुख दिन नहुने उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप